आइसोलेसनमा ४ महिना नि:शुल्क खाना खुवाएका युवाले सार्वजनिक गरे खर्च विवरण | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

आइसोलेसनमा ४ महिना नि:शुल्क खाना खुवाएका युवाले सार्वजनिक गरे खर्च विवरण

पाल्पा । कोभिड १९ संक्रमणले लकडाउनको समयमा अस्पतालको आइसोलेसनमा खाना खुवाएका युवाहरुले खर्च विवरण सार्वजनिक गरेका छन् ।

अस्पतालमा निर्मित आइसोलेसनका कोभिड पोजेटिभ बिरामी, उनीहरुका कुरुवा आफन्ती र  स्वास्थ्यकर्मीको लागि युवाहरुले आफ्नै पहलमा खाना खुवाउन सुरु गरेकोमा पछि धेरै क्षेत्रबाट सहयोग जुटेको थियो । रामपुर युवा क्लब र ट्राभल डेण्ट्रीष्टि नेपालले रामपुर अस्पतालसँगै समन्वय गरि लकडाउनको अवधिभर खाना खुवाएको थियो । रामपुर युवा क्लबले दशैंको शुभकामना आदानप्रदान कार्यक्रमको अवसर पारेर खर्च सार्वजनिक गरेको हो ।

लकडाउनको समयमा ३० वैशाखदेखि क्लबले अस्पतालको आइसोलेसनमा विहान र साझ खाना तयार गरेर लैजान शुरु गरेको हो । ४ महिनासम्म लगातार अस्पतालमा खाना खुवाएको युवाहरुको टिमलाई अन्य क्षेत्रबाट पनि सहयोग जुट्यो । खाना खुवाउने अवधिभर देश तथा विदेशमा रहेका नेपालीहरु युवा र युवा क्लबको सह्रानीय कार्यमा हौसला थप्दै सहयोग गरे । सो अवधिमा ५ लाख ४८ हजार ६२७ रुपैयाँ सहयोग जुटेको क्लबका अध्यक्ष छम बहादुर दरैले जानकारी दिए ।

जसमध्ये चामल, तरकारी, फलफुलमा २ लाख २८ हजार ८५० रुपैयाँ, पकाउने भाडा १० हजार र डेण्टलका स्टाफसहित साँझ बिहान खाना तयार गर्ने समूहलाई प्रतिमहिना १५ हजारका दरले ६० हजार गरि कुल २ लाख ९८ हजार ८५० रुपैयाँ बचत भएको अध्यक्ष दरैले बताए । तत्कालको लागि बचेको केही रकम पुनः यस्तै सामाजिक काममा सल्लाह बमोजिम सेवामा लगाउने क्लबले जनाएको छ ।

रामपुर अस्पतालका मेसु डा. विजय परियारले युवा क्लब खेलकुद मात्र भन्दा बाहिर आएर निकै सह्रानीय काम गरेको बताउँदै यस किसिमको युवाको सहयोगले सबै पक्षलाई सुविधा पुगेको बताए ।

‘रोगसँगै भोकबाट पनि बाच्नुपर्छ’ भन्ने सन्देश सहित क्लबले फुड बैंकको रुपमा आइसोलेसनमा रहेका बिरामी, कुरुवा, स्वास्थ्यकर्मीलाई गरि ३ हजार ९३२ प्लेट खाना खुवाएको छ । दैनिक बिहान र साँझ खाना खुवाउने समय अस्पतालको आइसोलेसन टिमसँग समन्वय गरि विरामी र कुरुवाको अवस्थाअनुसार दैनिक खाना लैजाने गर्दथे । छाकमा ४ प्लेटदेखि बढीमा ३० प्लेटसम्म खाना खुवाएको क्लबका उपाध्यक्ष नविन श्रेष्ठले बताए । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);