भारतीय सुरक्षाकर्मीकै गाडीमा ल्याउँदै दसगजामा छाड्दै | ईमाउण्टेन समाचार

Our Network

वैशाख २४ २०८१, सोमबार

भारतीय सुरक्षाकर्मीकै गाडीमा ल्याउँदै दसगजामा छाड्दै

dasgaja chetra ma bebasaya

काठमाडौं, ११ वैशाख । कोरोना भाइरसको जोखिम हुन नदिन सरकारले सीमानाकामा कडाइ गरे पनि रातको समयमा भारतीय सुरक्षाकर्मीले नेपालीलाई दसगजामा ल्याएर छाड्ने गरेका छन् ।

भारतको मुम्बई, महाराष्ट्रलगायत प्रान्तमा रहेका नेपाली नागरिकलाई भारतीय सुरक्षा अधिकारीले आफ्नो गाडीमा हालेर नेपाल – भारत सीमा क्षेत्रमा ल्याएर छाड्ने गरेका हुन् ।

भारतको स्थानीय प्रहरीले नेपालीलाई छोडेर जाने र सशस्त्र प्रहरीले भारतको सीमा सुरक्षा बल (एसएसबी) लाई भनेर उतै फिर्ता गर्ने क्रम केही दिनदेखि चलिरहेको छ ।

नेपालले आज फिर्ता गरे पनि अर्को दिन तिनै मानिस दसगजामा देखिने गरेकाले नेपाललाई ठूलो समस्या परेको नेपाल–भारत सीमा क्षेत्रमा खटिएका सुरक्षा अधिकारीले जनाएका छन् । यो समाचार आजको नागरिक दैनिकमा टपेन्द्र कार्कीले लेखेका छन् ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);