सुरक्षा संयन्त्र टोलीले सार्वजनिक स्थलको गर्न थाल्यो अनुगमन | ईमाउण्टेन समाचार

Our Network

वैशाख २० २०८१, बिहीबार

सुरक्षा संयन्त्र टोलीले सार्वजनिक स्थलको गर्न थाल्यो अनुगमन

kapilbastu sima naka

कपिलवस्तु, ३ बैशाख । कपिलवस्तुको सुरक्षा संयन्त्रको टोलीले जिल्लाको तौलिहवा, डुमरा, पचेहरा लगायतका सार्वजनिक स्थलको अनुगमन गरेको छ । धार्मिक तथा अन्य सामुहिक भेला हुन सक्ने भन्दै संयन्त्रले अनुगमन गरेको हो ।

गृह मन्त्रालयले दिएको निर्देशनका आधारमा कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेल नेतृत्वको टोलीले मन्दिर, मस्जिद, मदरसा र चर्चको स्थलगत अनुगमन गरेको हो । धार्मिक स्थानमा भीडभाड नगर्न तथा घरमै बसेर पुजा, प्रार्थना र नवाज पढन टोलीले निर्देशन दिएको छ ।

टोलीमा नेपाल प्रहरी, शसस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धानका जिल्ला प्रमुखको सहभागीता रहेको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);