कपिलवस्तुको किसान मर्कामा, तरकारी बिक्री गर्न नपाउँदा दैनिक खर्च जोहो गर्न समस्या  | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

कपिलवस्तुको किसान मर्कामा, तरकारी बिक्री गर्न नपाउँदा दैनिक खर्च जोहो गर्न समस्या 

tarkari kheti

शम्भु माली

कपिलवस्तु, ३ बैशाख ।   बजारमा तरकारीको अभाव छ । बजारमा तरकारीको चरम अभाव हुँदा उपभोक्ता महंगो तरकारी खरिद गर्न बाध्य छन् । लकडाउनको कारण बजारमा तरकारी पुग्न सकेको छैन । बजारमा तरकारी पुराउन नसक्दा कपिलवस्तुका किसानको खेतबारीमा तरकारी कुहिन थालेको छ ।

लकडाउनको कारण कपिलवस्तुका किसान मारमा परेका छन् । कपिलवस्तुको बुद्धभूमि नगरपालिकाका किसानहरु उत्पादित तरकारी बिक्री गर्न नपाउदा मारमा परेका हुन् । बजारमा तरकारीको हाहाकार छ । आम उपभोक्ता तरकारी पाउन सकेका छैनन् । तर किसानको खेतबारीको तरकारी बिक्री गर्न नपाउदा किसानको लगानी समेत डुब्ने अवस्थामा छ ।

गुणस्तरीय र स्वस्थ तरकारी आम उपभोक्ताले उपभोग गर्न पाएका छैनन् तर, किसान तरकारी कुहाउन बाध्य छन् । तरकारीबाट मार खाएका किसानहरु गहुँ, मसुरो लगाएय अन्य बाली भित्र्याउन समेत पाएका छैनन् । तरकारी खेतिबाट दैनिकी जीवनयापन गर्दै आएका किसानहरु खाद्यबाली पनि भित्र्याउन नपाएका हुन् । सरकारले लकडाउनको बेला,कृषि उत्पादनलाई सावधानीपूर्वक अघि बढाउन भनेपनि किसान कोरोनाको त्रासमा छन् । खेतबारीमा भएको उत्पादित तरकारीलाई बजार पुराउन कसैले पहल गरेका छैनन् । तरकारी बिक्री नहुँदा दैनिक जीवनयापन चलाउन समेत गाह्रो भएको छ । तरकारी सड्न थालेको छ, त्यसैगरि तयार भएको गँहु बाली भित्र्याउन समेत नपाएको किसानले बताएका छन् ।

उपभोक्ता महंगो तरकारी खरिद गर्न बाध्य छन् । किसान खेतबारीमा तरकारी सडाउन विवश छन । किसानको लगानी डुबेको मात्रै छैन । दैनिक जीवनयापनमा समेत असहज भएको छ ।यसर्थ विशेष गरि स्थानीय सरकार लगायतका निकायको ध्यान जान जरुरी छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);