महाकाली अस्पतालमा संक्रमित बढेपछि अक्सिजनको अभाव | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

महाकाली अस्पतालमा संक्रमित बढेपछि अक्सिजनको अभाव

कञ्चनपुर । कोरोना संक्रमणबाट कञ्चनपुरको महाकाली अस्पतालमा बिरामी बढेपछि यहाँ अक्सिजनको अभाव हुन थालेको छ । चौध शैयाको सघन कक्ष रहेको अस्पतालमा लक्षणसहितका गम्भीर खालका संक्रमित बढ्न थालेका छन् ।

महाकाली अस्पतालमा यतिबेला अक्सिजनको अभाव हुनथाले पछि बिमारी छटपटिन थालेका छन भने बिरामीका कुरुवा अक्सिजन खोज्न भौतारीरहेका छन । बैतडी बाट आफनो दाजुको कोरोना संक्रमणको उपचारका लागी महाकाली अस्पताल पुगेका नरेश प्रशाद जोशीले अस्पतालमा अक्सिनको अभाव हुदा राती आफैले डिलर बाट अक्सिनको ल्याएको बताउछन ।

महाकाली अस्पताल कोभिड–१९ सम्पर्क व्यक्ति डा. गोविन्द रोकायाले अस्पतालमा कोरोना संक्रमितको संख्या बढ्दै गएका कारण अक्सिनको अभाव हुन थालेको बताए । उनले महाकाली अस्पतालमा रहेको अक्सिजन प्लान्टले अस्पताललाई आवश्यता अनुसार अक्सिजन दिन नसकेको बताए ।

महाकाली अस्पताल व्यवस्थापन समितीका अधक्ष्य कृष्ण दत्त जोशी (बोक्सर) ले आवश्यकता अनुसार अक्सिजन आपूर्ति हुन नसकेपछि अक्सिनको अभाव भएको बताए । बाहिरबाट पनि अक्सिजन मगाएको अधक्ष्य जोशीले बताए ।

महाकाली अस्पतालमा अहिले ६५ जना संक्रमितको उपचार भईरहेको जोशीले बताए । अस्पतालमा उपचारका लागि आएका संक्रमितमध्ये ९ दिनमा १५ जनाको मृत्यु भइसकेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);