प्रचण्डले जवाफ दिने माओवादी केन्द्रीय कमिटी बैठकमा आज स्थगित, भोलि बस्ने | ईमाउण्टेन समाचार

Our Network

चैत १२ २०८०, सोमबार

प्रचण्डले जवाफ दिने माओवादी केन्द्रीय कमिटी बैठकमा आज स्थगित, भोलि बस्ने

काठमाडौं । नेकपा माओवादी केन्द्र को केन्द्रीय कमिटीको आजको बैठक स्थगित भएको छ। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ का स्वकीय सचिव रमेश मल्लले गृहकार्य आवश्यक भएकाले आजको बैठक स्थगित भएको जानकारी दिए।

कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा असार १९ गते सुरू भएको माओवादी केन्द्रीय कमिटी बैठकमा आज अध्यक्ष प्रचण्डले जवाफ दिने कार्यक्रम थियो । यसअघि बैठकमा बोलेका केन्द्रीय कमिटी सदस्यहरूले बैठक लम्ब्याएर भए पनि पार्टी पदाधिकारी चयन गर्नुपर्ने माग एक स्वरमा उठाएका थिए।

केन्द्रीय सदस्यहरूले आगामी संघीय संसद र प्रदेश सभाको चुनावमा कसरी जाने भन्नेबारे पनि फरक धारणा राखेका छन् । धेरैले अहिलेकै सत्ता गठबन्धनलाई कायम राखेर चुनावमा जानुपर्ने बताएका छन् भने केहीले वृहत वामपन्थी तालमेल गरेर अघि बढ्नु पर्ने बताएका छन् । यी सबै विषयमा प्रचण्डले जवाफ दिने भनिएको दिनको बैठक स्थगित भएको हो। प्रचण्डका स्वकीय सचिव मल्लका अनुसार आज स्थगित भएको बैठक बुधबार दिउँसो १ बजे बस्नेछ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);