सरकारले विभिन्न मुलुकसँग भएका श्रम सम्झौता कार्यान्वयन गर्न सकेन : डिला संग्रौला | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

सरकारले विभिन्न मुलुकसँग भएका श्रम सम्झौता कार्यान्वयन गर्न सकेन : डिला संग्रौला

dila sangroula

काठमाडौं, १ पुस । नेपाली कांग्रेसकी नेतृ डिला संग्रौलाले विभिन्न मुलुकहरुसँग भएका श्रम सम्झौताहरु सरकारले कार्यान्वयनमा ल्याउन नसकेको बताउनुभएको छ ।

श्रममन्त्री रामेश्वर राय यादवलाई ध्यानाकर्षणपत्र बुझाएपछि कांग्रेस संसदीय दलको कार्यालयमा भएको पत्रकार सम्मेलनममा संग्रौलाले सामाजिक सुरक्षा कोषको दुरुपयोग भएको समेत आरोप लगाउनुभयो । उहाँले सामाजिक सुरक्षा कोष र शून्य लागतका सन्दर्भमा सरकारले गरेका कामहरु समेटेर श्वेतपत्र जारी गर्न पनि माग गर्नुभयो ।

बैदेशिक रोजगारमा जानेहरुका लागि निशुल्क भिसा र हवाई टिकट नेपाली कांग्रेसको नीति भएको भन्दै बर्तमान सरकार त्यसतर्फ गम्भीर नबनेको संग्रौलाको भनाई छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);