अनुगमन प्रभावकारी नभएको भन्दै स्वरुप फेर्नुपर्नेमा सांसदकाे जोड | ईमाउण्टेन समाचार

Our Network

चैत १३ २०८०, मंगलबार

अनुगमन प्रभावकारी नभएको भन्दै स्वरुप फेर्नुपर्नेमा सांसदकाे जोड

काठमाडाैं, ९ चैत । संसदीय समितिले गर्ने अनुगमन प्रभावकारी नभएको भन्दै स्वरुप फेर्नुपर्नेमा सांसदहरुले जोड दिएका छन् ।

प्रतिनिधिसभा अन्र्तगतको राज्यव्यवस्था तथा सुशासन समितिको सोमबार सिंहदरबारमा बसेको बैठकमा सांसदहरुले समितिले गर्ने अनुगमनहरुको प्रभावकारिता नदेखिएकाले नयाँ ढंगले कार्यक्रम बनाउनुपर्नेमा जोड दिएका हुन् ।

नेपाली कांग्रेसकी सांसद डिला संग्रौलाले खुल्ला कारागारको अवस्थाका साथसाथै कालापानी, लिपुलेक, लिम्पियाधुरा लगायतका अन्य सिमा जोडिएका जिल्लाहरुमा पनि अवलोकन गर्नुपर्ने बताए ।

जनता समाजवादी पार्टी, नेपालका सांसद रामसहाय प्रसाद यादवले गोरखाको बारपाकमा भुकम्प पछि भएको पुर्ननिर्माण र जनजिवनको सम्बन्धमा स्थलगत अनुगमन गर्नुपर्ने बताए। प्रतिनिधि सभाको पुर्नस्थापनापछि संघीय संसदका विभिन्न समितिहरुले नियमित बैठक गरिरहेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);