नेपाली कांग्रेसको नेतृत्वमा सरकार गठन गर्नु अहिलेको आवश्यकता : नेतृ संग्रौला | ईमाउण्टेन समाचार

Our Network

वैशाख २० २०८१, बिहीबार

नेपाली कांग्रेसको नेतृत्वमा सरकार गठन गर्नु अहिलेको आवश्यकता : नेतृ संग्रौला

बागलुङ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डाक्टर डिला संग्रौलाले मुलुकको राजनीतिक अस्थिरताको मुख्य जड प्रधानमन्त्री केपी शर्मा ओली भएको आरोप लगाएकी छन् ।

नेपाल प्रेस युनियन बागलुङले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै डाक्टर संग्रौलाले केपी वलीको सत्ता उन्मादको कारण देश अस्थिरतामा परेको आरोप लगाएकी हुन् ।

संघीय सांसद समेत रहेका उनले अहिले बहुचर्चित एमसीसी विधेयकप्रति नेपाली कांग्रेस सकारात्मक रहेको भन्दै विधेयक अगाडि ल्याउने काम सरकारको भएको पनि बताएकी छिन् ।

त्यसैगरी गण्डकी प्रदेशको सरकारमा अविस्वासको प्रस्ताव आउने भएपछि रातारात संसदको हिँउदे अधिवेशन अन्त्य गर्नु गलत भएको नेतृ संग्रौलाले बताईन् ।

मुलुकमा राजनीतिक समाधान भनेको ओली सरकारको विघटन गरी नेपाली कांग्रेसको नेतृत्वमा सरकार गठन गर्नु अहिलेको आवश्यकता रहेको उनले बताईन् ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);