सुदूरपश्चिमका ७ पहाडी जिल्ला जोड्ने भिमदत्त राजमार्ग अवरुद्ध | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

सुदूरपश्चिमका ७ पहाडी जिल्ला जोड्ने भिमदत्त राजमार्ग अवरुद्ध

पुष्कर भट्ट । लगातारको बर्षाले सुदूरपश्चिमका ७ पहाडी जिल्ला जोड्ने भिमदत्त राजमार्ग अवरुद्ध भएको छ । राजमार्ग अन्तर्गत कैलालीको गोदावरीदेखी खानीडाँडासम्म बिभिन्न स्थानमा पहिरो गएको र बुढीतोला क्षेत्रमा पहिरोले सडक भासिएपछि यातायात अवरुद्ध भएको हो ।

अबिरल बर्षाका कारण सडकमाथीबाट पहिरो आएपछि सोमबार रातीदेखी भिमदत्त राजमार्ग पुर्ण रूपमा अवरुद्ध भएको छ । सुदूरपश्चिमका पहाडी जिल्ला बैतडी, दार्चुला, डडेल्धुरा, बझाङ, डोटी, अछाम र बाजुरा आवत जात गर्ने सवारी साधन र तराईका जिल्ला तथा काठमाण्डौंका लागि छुटेका सवारी साधन बीचबाटोमै अलपत्र अवस्थामा छन् । पहिरोले सडक भासिएपछि यातायात अवरुद्ध मात्र भएको छैन, सयौं यात्रु अलपत्र परेका छन् । यात्रुहरुको बिचल्ली हुदा सरोकारवाला निकायले सडक सुचारु गर्न र यात्रुहरुलाई गन्तव्य सम्म पुर्याउन कुनै पहलकदमी नलिएको यात्रुहरुको गुनासो छ ।

सडक डिभिजन कार्यालय महेन्द्रनगरका प्रमुख हरिप्रसाद सुबेदीले भीमदत्त राजमार्गमा गएका पहिरोहरु हटाएर बाटो खोल्ने प्रयास भैइरहेको बताउनु भयो । प्रमुख सुबेदीले माथिबाट पहिरो झर्ने क्रम अझै जारी रहेकाले बाटो खुलाउन समस्या भइरहेको उल्लेख गर्नुभयो ।

भिमदत्त राजमार्गको पहिरो पन्छाउने कार्य यहि गतिमा हुने हो भने पनि पुर्ण रुपमा राजमार्ग सूचारु हुन अझै कम्तिमा एक साता लाग्ने देखिन्छ । तसर्थ सडक बिभागले थप हेभी ईक्यूप्मेट प्रयोग गरेर पहिरो हटाई यथासिघ्र सडक संचालनमा ल्याउन जरुरी छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);