पहिरोका कारण भिमदत्त राजमार्ग अवरुद्ध | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

पहिरोका कारण भिमदत्त राजमार्ग अवरुद्ध

कैलाली । लगातारको वर्षाको कारण बसेको पहिरोका कारण भिमदत्त राजमार्ग अवरुद्ध भएको छ ।

मंगलबार बिहान डोटीको जोरायल गाउँपालिका– गैराभन्दा अगाडि पहिलो झर्दा भिमदत्त राजमार्ग अवरुद्ध भएको हो । भिमदत्त राजमार्ग सुदूरपश्चिमका सात पहाडी जिल्ला जोड्ने राजमार्ग हो ।

सडक माथिबाट खसेको पहिरोका कारण राजमार्ग अवरुद्ध भएको प्रहरी चौकी गैराले जनाएको छ ।

राजमार्ग अवरुद्ध भएपछि तराईबाट पहाडका लागि अत्यावश्यक सामग्री लिएर गइरहेका दजर्नौं सवारी साधन बीच बाटोमै रोकिएका छन् । अहिले डोजरले पहिरो पन्छाउने काम भईरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);