हिउँले दामनको सडक अबरुद्ध, अन्यत्र कहाँ कहाँ पर्यो हिउँ ? | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

हिउँले दामनको सडक अबरुद्ध, अन्यत्र कहाँ कहाँ पर्यो हिउँ ?

रातभरको वर्षापछि परेको हिउँका कारण मकवानपुरको दामन–सिमभन्ज्याङ सडक खण्ड अबरुद्ध, पासाङल्हामु राजमार्गका विभिन्न स्थानमा पनि हिउँ

हिउँले दामनको सडक अबरुद्ध

काठमाडौं । रातभरको वर्षापछि परेको हिउँका कारण मकवानपुरको थाहा नगरपालिका अन्तर्गत दामन र सिमभन्ज्याङ क्षेत्रमा सडक अवरुद्ध भएको छ ।

पानी परेसँगै त्यसक्षेत्रमा चिसो बढेको र बाक्लो हिउँ परेकाले त्रिभुवनराजपथ अन्तर्गत दामन र सिमभन्ज्याङ क्षेत्रमा सडक अवरुद्ध भएको हो ।

शुक्रबार रातिदेखि बाक्लो हिउँ परेकाले सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक बसन्तकुमार लामाले बताउनुभयो ।

आज दिउँसोसम्म उक्त क्षेत्रमा सवारी सञ्चालनमा समस्या पर्न सक्ने प्रहरीले जनाएको छ ।

यता, पासाङल्हामु राजमार्ग अन्तरगत ककनी, जुरेथुम लगायतका स्थानमा पनि हिउँ परेको छ ।

सडक विस्तारको काम भैरहेको र वर्षासँगै हिउँ समेत परेकाले सडकमा सवारी सञ्चालनमा समस्या भएको छ । यस्तै रसुवाका विभिन्न स्थानमा बाक्लो हिउँ परेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);