शिक्षा कार्यालय कञ्चनपुरमा लगाएको ताला खुल्यो | ईमाउण्टेन समाचार

Our Network

साउन ५ २०८१, शनिबार

कञ्चनपुर, १६ कार्तिक । जिल्ला शिक्षा कार्यालय कञ्चनपुरमा लगाएको ताला खुलेको छ । विद्यार्थी संगठनहरुले उठाएका माग सम्बोधन गर्न शिक्षा कार्यालय तयार भएपछि ताला खोलीएको हो ।

क्षेत्रीय शिक्षा कार्यालय दिपायलका उप निर्देशक किशन राज चिलवालले पाँच दिन भित्र सम्वाद समिति गठन गरेर शैक्षिक सुधारको पहल गर्ने सहमती भएको बताएका छन्। नेपाल शिक्षक संघ कञ्चनपुरका सचिव नविन सिह धामीले शिक्षा कार्यालयले गरेको सहमती इमान्दारितापुर्वक कार्यान्वयन गर्नुपर्ने बताएका छन्।

नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य कैलाश चन्दले सहमती कार्यान्वयन नगरे पुनः आन्दोलन गर्ने चेतावनी समेत दिएका हुन्। कञ्चनपुरका शिक्षा अधिकारी अमर प्रशाद भट्टले सहमती भएका विषय कार्यान्वयन गरिने प्रतिबद्धता जनाए ।

शैक्षिक सुधारको माग राख्दै नेपाल शिक्षक संघ, नेपाल विद्यार्थी संघ, अखिल क्रान्तिकारी र अखिल छैटौँले गत असोज १६ गतदेखि शिक्षा कार्यालय कञ्चनपुरमा तालाबन्दी गरेको थिए ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);