१७ किलो सुनका बिस्कुट बोकेर मोटरसाईकलमा आउँदै गरेका युवक पक्राउ | ईमाउण्टेन समाचार

Our Network

साउन २३ २०८३, आइतबार

काठमाडौं, १६ कार्तिक। लमजुङको मर्स्याङ्दी गाउँपालिकाको खुदीबाट १७ किलो सुन बोकेर ल्याउँदै गरेका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ। मनाङबाट मोटरसाइकमा आएका युवकले सुन झोलामा लिएर आउँदै गर्दा पक्राउ परेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार मनाङको नासोङ गाउँपालिका ९ दानाक्युका ३१ वर्षीय पासाङ गुरुङ भन्ने युवकलाई पक्राउ गरिएको हो। सुन बोक्न प्रयोग गरेको बा५८प ४२९१ नं को मोटरसाइकल समेत नियन्त्रणमा लिएको छ। सुन तिब्बतको सीमाबाट मनाङ हुँदै ल्याइएको हुनसक्ने अनुमान गरिएको छ।

ताजा समाचार