कञ्चनपुरमा प्रस्तावित शिक्षा विधेयक जलाईयो | ईमाउण्टेन समाचार

Our Network

वैशाख २१ २०८१, शुक्रबार

कञ्चनपुरमा प्रस्तावित शिक्षा विधेयक जलाईयो

पुष्कर भट्ट ||
कञ्चनपुर,भाद्र २९

कञ्चनपुरका शिक्षक आन्दोलित भएका छन् । सामुदायिक विद्यालयका शिक्षक प्रस्तावित शिक्षा विद्येयक विरुद्ध आन्दोलित भएका हुन् । आन्दोलित शिक्षकहरुद्धारा कञ्चनपुरमा प्रस्तावित शिक्षा विधेयक जलाईएको छ । जिल्ला शिक्षक संघ संगठनहरुले शिक्षा विधेयक शिक्षकको हकहित भन्दा पनि शैक्षिक माफियाको पक्षमा भएको भन्दै शुक्रबार शिक्षा विधेयक जलाएका हुन । उनिहरुले शिक्षा विकास तथा समन्वय इकाई कार्यालय महेन्द्रनगरको प्राङगणमै विधेयक जलाएर आन्दोलनको चेतावनी दिएका छन ।

नेपाल राहत शिक्षक समिति केन्द्रीय सह बरिष्ठ अध्यक्ष नविनसिंह धामीले विधेयक शिक्षक, कर्मचारीको हित विपरित भएको बताए । विधेयक खारेजीका लागि सडक आन्दोलनको विकल्प नभएको धामीको भनाई छ ।नेपाल शिक्षक संघ सुदुर पश्चिम प्रदेशका अध्यक्ष बिर्खबहादुर मल्लले विधेयक कालो भएकाले त्यस बिरुद्ध देशैभरीका शिक्षक आन्दोलनमा उत्रिएको बताए ।

बाल दिवसकै दिन नयाँ शिक्षा विधेयक जलाएसंगै शिक्षा क्षेत्रमा आउने कार्यक्रम शंस्कापद रहेको शिक्षकहरुले बताएका छन ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);