देवचुली नगरपालिकाका मेयर र उपमेयरको कार्यकक्षमा तालावन्दी | ईमाउण्टेन समाचार

Our Network

चैत ११ २०८०, आइतबार

देवचुली नगरपालिकाका मेयर र उपमेयरको कार्यकक्षमा तालावन्दी

नवलपरासी । पूर्वी नवलपरासीको देवचुली नगरपालिकाका मेयर र उपमेयरको कार्यकक्षमा तालावन्दी गरेका छन् । कोभिडको समयमा समेत नगरपालिका गैर जिम्मेवार बनेको भन्दै नगरभित्रका युवाहरुले तालाबन्दी गरेका हुन् ।

देवचुली नगरपालिका वडा नम्बर १३ निवासी ६८ वर्षिय कोभिड संक्रमित पुरुसलाई समयमा नै अस्पताल पुर्‍याउन एम्बुलेन्स उपलब्ध गराउन नसकेपछी टेक्टरमा राखेर अस्पाल पुर्‍याउनुपरेको घटनालाई लिएर युवाहरुले नगरपालिकालाई खबरदारी गरेका छन् ।

जनताको करबाट सरकारी गाडी चढ्ने जनप्रतिनिधीले एम्बुलेस उपलब्ध गराउन नसकेकाेले संक्रमितको मृत्युभएको घटनालाई लिएर तालाबन्दी गरिएको हो । साथै मेयर उपमेयर चढ्ने सवारीमा समेत रोक लगाईएको छ ।

प्रमुख प्रशासकिय अधिकृत गोविन्द सिग्देल, मेयर पुर्णकुमार श्रेष्ठ र उपमेयर पार्वता तिवारीको कार्यकक्षमा ताला लगाएका युवाहरुले प्रशासनिक काम प्रभावित हुने भएकाले प्रमुख प्रशासकिय अधिकृतको कार्यकक्षमा लगाएको ताला भने खोलिदिएका छन् ।

कोरोनाको कारण नगरबासीले स्वास्थ्य सुविधा नपाएर ज्यान गुमाउनुपर्ने अवस्थाको अन्त्य र नगरबासी प्रति नगरपालिका जिम्मेवार नबन्दा सम्म ताला नखोल्ने र सरकारी गाडीको प्रयोग गर्न नदिने युवाहरुले अडान लिएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);