सीमा क्षेत्रमा विवाद सुल्झाउन नेपाल-भारतका सुरक्षा अधिकारीको पहल | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

सीमा क्षेत्रमा विवाद सुल्झाउन नेपाल-भारतका सुरक्षा अधिकारीको पहल

darchula

काठमाडौं, २८ फागुन । दार्चुलाको सीमा क्षेत्रमा देखिएको विवाद सुल्झाउन नेपाल र भारतका सुरक्षा अधिकारीले पहल थालेका छन् ।

दार्चुलाको खोतिलामा तटबन्द विवाद समाधानका लागि दुई देशका सुरक्षा अधिकारीले संयुक्त रुपमा सो क्षेत्रको निरीक्षण गरेका हुन् । २०७३ साल असोज २९ गते भारततर्फ खोतिलामा गएको सुख्खा पहिरोले महाकाली नदीको बहाव परिवर्तन भई नेपालतर्फको तटबन्ध बगाएको थियो । त्यसपछि नेपाली वस्तीमा नदीले क्षति पुर्याइरहेको छ ।

नेपाली पक्षले नदीलाई पहिलाकै बहावमा फर्काउनुपर्ने माग गर्दै आएका छन् । तर, भारतीय पक्षले त्यसबारे वास्ता नगरेको उनीहरुको गुनासो छ । यसबारे दुबै देशका अधिकारीहरुले संयुक्त निरीक्षण गर्ने गरी यही फागुन २१ गते भारतको पिथौरागढमा भएको बैठकमा सहमति जुटेको थियो । सोही अनुसार नेपालका तर्फबाट सहायक प्रमुख जिल्ला अधिकारी शिवराज जोशीको नेतृत्वमा महाकाली नदी नियन्त्रण आयोजना प्रमुख शुसील देवकोटासहित पत्रकारहरुको टोली र भारतको तर्फबाट धारचुला स्थित एसडीएम राजकुमार पाण्डेय र सिचाई विभाग पिथौरागढका ईन्जीनियर चन्द्रशेखर आर्यालगायत पत्रकारहरुको टोलीले स्थलगत निरीक्षण गरेको हो ।

सुख्खा पहिरोका कारण ठूल्ठूला ढुंगा नदीमा खसेर नदीको बहाव नेपालतर्फ फर्केको छ । जसका कारण नेपालतर्फ बनाईएको १ करोड ५० लाख बराबरको पक्की तटबन्ध पल्टेर क्षतिग्रस्त भएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);