सीमा समन्वय बैठकमा भाग लिन सुरक्षा अधिकारीको टोली भारत प्रस्थान | ईमाउण्टेन समाचार

Our Network

चैत ८ २०८०, बिहीबार

सीमा समन्वय बैठकमा भाग लिन सुरक्षा अधिकारीको टोली भारत प्रस्थान

seema baithak darchula

दार्चुला, १७ चैत । दार्चुला, बैतडी र भारतको पिथौरागढका सुरक्षा अधिकारीहरुको सीमा समन्वय बैठकमा भाग लिन दार्चुलाका सुरक्षा अधिकारीहरुको टोली भारतको पिथौरागढ प्रस्थान गरेको छ ।

दुई देशका सुरक्षा अधिकारीहरुको सीमा समन्वय बैठकमा दार्चुलाकोतर्फबाट प्रमुख जिल्ला अधिकारी शंकरबहादुर विष्टको नेतृत्वमा दार्चुलास्थित सुरक्षा निकायका प्रमुख, महाकाली नदी नियन्त्रण आयोजना प्रमुख, अपी नाम्पा संरक्षण क्षेत्र कार्यालय प्रमुख र छोटी भन्सार कार्यालय प्रमुख आइतबार भारतको पिथौरागढ प्रस्थान गरेका हुन् ।

बैठकमा नेपालकोतर्फबाट महिला बेचविखन, सीमामा हुने अपराध नियन्त्रण, लगायतका विषयमा छलफल गरिने प्रमुख जिल्ला अधिकारी शंकरबहादुर विष्टले जानकारी दिए ।

त्यसैगरी भारत पिथौरागढकोतर्फबाट लोक सभा निर्वाचनको सुरक्षा समन्वयका विषयमा छलफल गरिने जानकारी प्राप्त भएको प्रमुख जिल्ला अधिकारी विष्टले जानकारी दिए । सीमा क्षेत्रमा बेलाबेलामा एसएसबीको ज्यादतीको समाचारहरु आईरहेका छन् ।

सीमा मिचिएको र सीमा क्षेत्रका नेपालीहरुले भारतीय सुरक्षा फौजकोतर्फबाट दुःख पाईरहेको बेला यो बैठकले त्यस्तो समस्या समाधानमा केही टेवा पुग्ने आशा गरिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);