गोरखामा तीन जिल्लाको सुरक्षा समन्वय बैठक | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

गोरखामा तीन जिल्लाको सुरक्षा समन्वय बैठक

पोखरा । गोरखाको पालुङटारमा नजिकका तीन जिल्लाको सुरक्षा बैठक संयुक्त रूपमा बसेको छ । गोरखा, लमजुङ र तनहुँको जिल्ला सुरक्षा समितिको पदाधिकारी बैठक बसेको हो । बैठकमा प्रमुख जिल्ला अधिकारीसहितका सुरक्षा समितिका पदाधिकारी सहभागी थिए ।

बैठकले तीनै जिल्लाको भूमि प्रयोग गरी शान्ति र सुरक्षालाई प्रभावित पार्ने काम निस्तेज पार्न आवश्यक समन्वय गर्ने निर्णय गरेको छ । सुरक्षालाई प्रभावित पार्न सक्ने परिस्थिति नियन्त्रणका लागि छलफल गरिएको गोरखाका प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले जानकारी दिए ।

आसन्न निर्वाचनलाई शान्ति र भयरहित वातावरणमा सम्पन्न गर्न आपसी सहकार्य गर्ने निर्णय पनि भएको छ । तीनै जिल्ला प्राकृतिक तथा मानव निर्मित विपतबाट आक्रान्त भएकाले भविष्यमा हुन सक्ने जोखिम न्यूनीकरण र उद्धारका काममा सहयोग आदानप्रदान गर्न सहमत भएका छन् ।

अपराध नियन्त्रण, लागुऔषध ओसारपसार तथा प्रयोग नियन्त्रण, सूचना आदानप्रदानलगायत विषयमा छलफल गरी निर्णय गरिएको आचार्यले बताए । बैठकले नदीजन्य उत्खनन र निकासीबारे पनि छलफल गरेको छ । कानुनविपरीतका सबै काम रोक्ने र गलत गर्नेलाई कानुनी दायरामा ल्याउन आवश्यक समन्वय गर्ने समझदारी भएको आचार्य बताउँछन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);