प्रहरीको फौज काठमाडौंबाट दार्चुला प्रस्थान | ईमाउण्टेन समाचार

Our Network

चैत ३० २०८०, शुक्रबार

प्रहरीको फौज काठमाडौंबाट दार्चुला प्रस्थान

Nepal-army-helicopter-and-APF

काठमाडौं, ३१ वैशाख । कालापानी नजिकै दार्चुलाको छांगरु क्षेत्रमा सशस्त्र र नेपाल प्रहरी बलको फौज लिएर नेपाली सेनाको हेलिकप्टर काठमाडौंबाट प्रस्थान गरेको छ ।

बुधबार बिहान पहिलो चरणमा काठमाडौंबाट २५ जना सशस्त्र प्रहरी र ९ जना नेपाल प्रहरीको टोली लिएर हेलिकप्टर छाङरु प्रस्थान गरेको हो । छाङरुमा सशस्त्र प्रहरी बलको सीमा सुरक्षा चेकपोस्ट बिओपी स्थापना गर्ने तयारी रहेको गृह मन्त्रालयले जनाएको छ । सीमा सुरक्षा सीमा रक्षा गर्नुका साथै अपराध नियन्त्रणमा भूमिका खेल्ने बताइएको छ । कालापानीबाट १० किलोमिटरको दुरीमा सशस्त्र प्रहरी बलको बोर्डर आउट पोस्ट राख्न लागिएको हो ।

समुद्री सतहबाट तीन हजार ६०० मिटर उचाइमा रहेको छारुङमा बाह्रैमास सशस्त्र प्रहरीको उपस्थिति गराउने सरकारको तयारी छ । कालापानी चार हजार २०० मिटर उचाइ र त्यसभन्दा माथि लिपुलेक, लिम्पियाधुरा करिब पाँच हजार मिटरको उचाइमा पर्छ । कालापानी हुँदै लिपुलेक क्षेत्रमा भारतले एकतर्फी सडक बनाएर गत शुक्रबार उद्घाटन गरेपछि त्यसको विरोधमा चौतर्फि विरोधका आवाजहरु उठेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);