सशस्त्र प्रहरी बलको गुल्म शिलान्यास गर्न गृहमन्त्री थापा दार्चुला प्रस्थान | ईमाउण्टेन समाचार

Our Network

चैत २१ २०८०, बुधवार

सशस्त्र प्रहरी बलको गुल्म शिलान्यास गर्न गृहमन्त्री थापा दार्चुला प्रस्थान

grihamantri thapa

काठमाडौं, ९ असोज । सशस्त्र प्रहरी बलको गुल्म शिलान्यास गर्न गृहमन्त्री रामबहादुर थापा दार्चुला जानु भएको छ । दार्चुलाको छाङ्रुमा १० करोड रुपैयाँको लागतमा निर्माण हुन लागेको सशस्त्र प्रहरी बलको गुल्मको भवन शिलान्यासका लागि उहाँ शुक्रबार त्यसतर्फ जानु भएको बताइएको छ ।

गृहमन्त्री थापासँगै गृहसचिव महेश्वर न्यौपाने र सशस्त्र प्रहरी प्रमुख आईजीपी शैलेन्द्र खनालसहित ११ सदस्यीय टोलीको नेतृत्व गर्दै त्यसतर्फ जानु भएको हो ।

गृहमन्त्री थापाको टोली नेपाली सेनाको स्काइ ट्रकमार्फत सुर्खेत हुँदै दार्चुलाको छाङ्गरु जाने बताइएको छ । गृहमन्त्री थापाले गुल्मको शिलान्याससँगै सो क्षेत्रको अनुगमन समेत गर्नुहुने छ ।

गत २९ असारमा बसेको मन्त्रिपरिषद बैठकले सदरमुकाम खलंगामा रहेको सशस्त्र प्रहरी बल नेपाल नम्बर ५० गुल्म हेडक्वार्टरलाई व्यास गाउँपालिका १ छाङरुस्थित गागामा सार्ने निर्णय गरेको थियो ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);