अधिवेशन सुरु गर्ने सम्वन्धमा सरकारसँग छलफल भइरहेकाे छ: सभामुख सापकोटा | ईमाउण्टेन समाचार

Our Network

वैशाख २ २०८१, आइतबार

अधिवेशन सुरु गर्ने सम्वन्धमा सरकारसँग छलफल भइरहेकाे छ: सभामुख सापकोटा

agni sapkota

काठमाडाैं,८ मंसिर। सभामुख अग्निप्रसाद सापकोटाले संसद्को हिउँदे अधिवेशन सुरु गर्ने सम्बन्धमा सरकारसँग छलफल भइराखेको बताउनुभएको छ ।सभामुख सापकोटाले अधिवेशन सुरु गर्न संसद् सचिवालय तयारी अवस्थामा रहेको र सरकारसँग पनि छलफल भइराखेको बताउनुभएको हो ।

सोमबार सिंहदरबारस्थित संसद् सचिवायलमा नेपाली कांग्रेसका नेता मोहनप्रसाद पाण्डेलाई प्रतिनिधि सभा सदस्यको शपथ ग्रहण गराएपछि पत्रकारहरुसँग कुराकानी गर्दै सभामुख सापकोटाले एक महिना भित्र संसद् अधिवेशन सुरु हुने गरी छलफल भइराखेको बताउनुभयो । कोरोना महामारीका कारण संसद् चलाउने सम्बन्धमा विभिन्न विकल्पमा समेत छलफल भइराखेको सभामुख सापकोटाको भनाई छ ।

हिउँदे अघिवेशनमा सरकारले ल्याएका अध्यादेशबारे पनि छलफल हुने सभामुख सापकोटाले प्रष्ट पार्नुभयो । बजेट पारित भएपछि सकिएको संसद् अघिवेशन अहिलेसम्म पनि आव्हान हुन सकेको छैन । संसद् अधिवेशन सरकारको सिफारिसमा राष्ट्रपतिले आव्हान गर्ने व्यवस्था छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);