चिनियाँ नागरिकबाट नेपालमा आपराधिक गतिविधि बढ्दै | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

चिनियाँ नागरिकबाट नेपालमा आपराधिक गतिविधि बढ्दै

काठमाडौं, २२ पुस । भदौ यताका विभिन्न आधा दर्जन भन्दा बढी आपराधिक क्रियाकलापमा चिनियाँ नागरिकको मात्रै संलग्नता देखिएको छ । भदौ ८ गते चेलिबेटी बेचविखन कसुरमा १० जना चिनियाँ नागरिक पक्राउ परे । भदौ १४ गते बैंक ह्याकिङ गरि विभिन्न बैंकबाट १ करोड ६८ लाख चोरी अभियोगमा पाँच जना चिनीयाँ पक्राउ परे ।

मंसिर ५ गते १३ करोड ३१ लाख कर छलीमा चिनियाँ कम्पनी डोन्गुवा कन्स्ट्रक्सन इन्जिनियरिङ कम्पनी विरुद्ध मुद्दा दायर भयो । मंसिर १६ गते अवैध सुनसहित २ चिनियाँ नागरिक त्रिभुवन विमानस्थलबाट पक्राउ परे ।

एकै देशका नागरिक यसरी पक्राउ परिरहँदा हाम्रो संयन्त्र अनुसन्धानमा कमजोर देखिएका छन् । पटक पटक समुहगत रुपमा अपराधमा संलग्न भएको जानकारी हुँदाहुँदै पनि प्रशासनले सर्तकता अपनाएको देखिदैन ।

आधा दर्जन अपराधमा चिनियाँ नागरिक मात्रै संलग्न देखिंदा नियन्त्रण गर्न नसक्नुले सुरक्षा संयन्त्र चुकेको देखिन्छ । प्रविधिमैत्री संयन्त्र बन्न नसक्नु कमजोरी रहेको पूर्व प्रहरी नायब महानिरिक्षक केशव अधिकारी बताउनुहुन्छ ।

नेपाल छिरेपछि विदेशी नागरिक स्वदेश फिर्ता नहुँदासम्म उसले गर्ने कार्यको बारेमा हाम्रा संयन्त्र बेखबर छन् । त्यसमाथि प्रवेशाज्ञा पनि सजिलै दिने व्यवस्थाले विदेशीलाई चलखेल गर्न सजिलो भएको कानूनका जानकार बताउँछन् ।

नेपाल सरकारले गत वर्ष मात्रै विदेशी नागरिक अनुगमन निर्देशिका जारी गरेको भएपनि त्यसको कार्यान्वयन भएको देखिदैन । विमानस्थल जस्तो संवेदनशील क्षेत्र प्रविधि मैत्री नबनाउनुले पनि विदेशी नागरिकलाई यस्ता कार्य गर्न सजिलो भैरहेको जानकारहरु बताउँछन् । यस्ता गतिविधि रोक्न विदेशी नागरिकको अनुगमन गर्न ढिलो भैसकेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);