किशोरीहरु खोजी खोजी यौन शोषण गर्ने चिनिँया नागरिक पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

किशोरीहरु खोजी खोजी यौन शोषण गर्ने चिनिँया नागरिक पक्राउ

काठमाडौं, १४ फागुन । किशोरीहरुलाई भाँडामा बसेको घरमा ल्याउँदै यौन शोषण गर्ने गतिविधिमा संलग्न चिनियाँ नागरिक पक्राउ परेका छन् । चिनियाँ नागरिक याङ लि मिङले किशोरीहरुलाई बन्धक बनाएर यौन शोषण गरिएको उजूरीका आधारमा सीआइबीले पक्राउ गरी बुझाएको ललितपुरका एसएसपी सिद्धिविक्रम शाहले जानकारी दिए ।

पक्राउ परेका मिङ व्यापारमा संलग्न भई नेपालमा बस्दै आएका हुन् । यसबारे थप अनुसन्धान भइरहेको एसएसपी शाहले बताए ।

मिङमाथि काठमाडौं उपत्यकाबाहिरबाट विभिन्न प्रलोभन देखाएर किशोरीहरुलाई ल्याएर यौन दुव्र्यवहार गरेको उजूरी परेको थियो । त्यस आधारमा पक्राउ गरी ललितपुर प्रहरीलाई बुझाएको हो । प्रहरीले पाँचजना युवतीको उद्धार गरेकोमा दुईजनामाथि यौन दुव्र्यवहार भएको आशंकामा अनुसन्धान गरिरहेको एसएसपी शाहले बताए ।

युवतीहरुलाई ललितपुरको गोंगटीमा राखिएको पाइएको प्रहरीले जनाएको छ । यौन दुव्र्यवहारको खबर एकजना किशोरीले परिवारमा गरेकी थिइन् । त्यसपछि प्रहरीमा उजूरी परेपछि पक्राउ परे ।

एसएसपी शाहका अनुसार नयाँ नयाँ युवतीहरु झिकाउने र यौन शोषण गर्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । अहिलेसम्म दुई युवतीका परिवारले उजूरी गरेका छन् ।

नेपालमा पछिल्लो समय चिनियाँ नागरिकहरु विभिन्न आपराधिक कार्यमा संलग्न पाइएका छन् । ठगी, साइबर अपराधमा उनीहरु पक्राउ पर्दै आएकोमा पछिल्लो समय यौन दुव्र्यवहारमा पनि पक्राउ परेका हुन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);