अवतारी लामा भन्दै महिलालाई यौन शोषण गर्ने पक्राउ | ईमाउण्टेन समाचार

Our Network

असार ११ २०८३, शुक्रबार

काठमाडौं, ७ मंसिर । आफूलाई अवतारी लामा भन्दै उपचारका नाममा महिलाहरुलाई यौन शोषण गर्दै आएका टुल्कु लामा पक्राउ परेका छन्। प्रहरीले उपचारको नाममा महिलाहरुलाई यौन शोषण गर्दै आएका सिन्धुली दुम्झाका टुल्कु लामालाई पक्राउ गरी आवश्यक कार्वाही प्रक्रिया अघि बढाएको हो ।

नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान व्यूरोले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरी फर्पिङस्थित पेमा टासी छुल्ठिम घोम्बो कासुङ गुम्वामा उपचारको नाममा महिलाहरुलाई प्रभावमा पारी यौन शोषणा गर्ने गरेको पाइएपछि पक्राउ गरी अनुसन्धान प्रक्रिया सुरु गरिएको जानकारी दिएको छ ।

८ वर्षयता सो गुम्बामा बस्दै आएका लामाले महिलाहरुमाथि यौन दूव्र्यवहार गर्ने गरेको पाइएपछि पक्राउ गरी कार्वाही प्रक्रिया अघि बढाइएको नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान व्यूरोका प्रमुख प्रहरी नायव महानिरीक्षक पुस्कर कार्कीले जानकारी दिए ।

प्रहरीले लामालाई जबरजस्ती करणी तथा विद्युतीय कारोबार ऐन अन्तरगतको मुद्दामा म्याद थप गरी अनुसन्धान कार्य गरिएको जनाए ।