जंगलमा लगेर जबरजस्ती करणी गर्ने सिंगार पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

जंगलमा लगेर जबरजस्ती करणी गर्ने सिंगार पक्राउ

ललितपुर,१२ फागुन । ३५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पुरष पक्राउ परेका छन् । बागमती गाउँपालिका–७ गिम्दी सहुमारी बस्ने ५५ वर्षीय अन्तरे सिंगारलाई बुधबार प्रहरीले पक्राउ गरेको हो ।

बागमती गाउँपालिका–७ गिम्दी काफलडाँडास्थित जंगलमा अन्तरेले ती महिलालाई मंगलबार दिउँसो जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी गिम्दीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);