साइबर अपराधमा पक्राउ परेका चिनियाँले प्रहरीलाई दिए चुनौती | ईमाउण्टेन समाचार

Our Network

चैत ६ २०८०, मंगलबार

साइबर अपराधमा पक्राउ परेका चिनियाँले प्रहरीलाई दिए चुनौती

काठमाडौं, १५ चैत्र । साइबर अपराधमा चिनियाँ नागरिकको बढ्दो संलग्नता खुल्दै गएको छ । प्रहरीले साइबर अपराधमा संलग्न चिनियाँ नागरिकको समूहलाई पक्राउ गरी सार्वजनिक गरेको छ ।

नेपाल प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालयले अनलाइन स्क्याम चलाएर ठगी धन्दामा संलग्न १९ जनालाई पक्राउ गरेको छ जसमा ९ जना चिनियाँ नागरिक छन् ।

अपराध अनुसन्धानका प्रवक्ता सोमेन्द्र सिंह राठौरका अनुसार गिरोहले ह्वाट्स एपमा अनलाइनमार्फत् विजनेशमा संलग्न भए ३० प्रतिशतसम्म फाइदा हुने भन्दै ठगी गरेको खुलेको छ । अनलाइन ठगीमा संलग्न यस्ता चिनियाँ नागरिकको गिरोहमा योभन्दा बढी संख्या हुनसक्नेतर्फ अनुसन्धान जारी रहेको राठौरले जानकारी गराए ।

ठगीमा संलग्न उनीहरुले टेलिग्राममा खाता खोल्न लगाएर अपरेशन टिचर नामक च्यानलमार्फत् ठगी गर्ने गिरोहसम्म पु¥याउने गरेका थिए ।

पक्राउ परेका चिनियाँ नागरिकले प्रहरी कार्यालयमै नारावाजी गरेका छन् । उनीहरु कार्यालय परिसरमा नारावाजी गरेर सुतिदिएका थिए । तस्बिर खिच्न खोज्नेमाथि हातपातको प्रयास गरेका थिए ।

देशमा साइबर अपराधमा संलग्न चिनियाँ नागरिकलाई विगतमा पनि पक्राउ गरिएको थियो । त्यस्ता गिरोहको गतिविधि बढ्दै गएपछि प्रहरीले अनुसन्धानलाई गति दिइरहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);