दुर्घटना न्यूनीकरण गर्न भाेलिदेखि टाइम कार्ड | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

दुर्घटना न्यूनीकरण गर्न भाेलिदेखि टाइम कार्ड

truck_tripper timecard

काठमाडौं, ३२ असार । मालबाहक सवारीसाधनलाई भक्तपुरको जगातीदेखि काठमाडौंको कोटेश्वरसम्म टाइम कार्डको लागू गरिने भएको छ । भक्तपुरको फराकिलो सडकमा तीव्र गतिका कारण धेरै दुर्घटना भएपछि महानगरीय ट्राफिक प्रहरी महाशाखाले भोलिदेखि ९ दशमलव ७ किलोमिटर लामो जगाती–कोटेश्वर खण्डमा टाइम कार्ड लागू गर्न लागेको हो ।

टाइम कार्ड लागू गरेपछि ट्रक, टिपर, भ्यानलगायतका सवारीसाधन प्रतिघण्टा ४० किलोमिटरभन्दा बढीको गतिमा गुडाउन पाईंदैन । टाइम कार्ड लागू भएपछि बढ्दो सवारी दुर्घटना न्यूनीकरण हुने विश्वास गरिएको छ ।

महाशाखाले दुर्घटना न्युनिकरण गर्न भोलिदेखि जगाते–कोटेश्वर सडक खण्डको बाँयातर्फ मालबाहक र सार्वजनिक सवारीसाधन तथा दायाँतर्फ मोटरसाइकल, कार, ट्याक्सी, पर्यटकीय बस र कूटनीतिक नियोगका बस सञ्चालन गर्ने तयारी गरेको छ ।

महाशाखाले दुर्घटना न्युनिकरणका लागि बिहान ८ देखि १२ र साँझ ३ देखि ८ बजेसम्म टिपर तथा ट्रकलाई उपत्यकाभित्र प्रवेशमा रोकसमेत लगाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);