ललितपुरले राष्ट्रिय परिचयपत्रमा सुरु गर्‍यो ‘टाइम कार्ड’ | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

ललितपुरले राष्ट्रिय परिचयपत्रमा सुरु गर्‍यो ‘टाइम कार्ड’

ललितपुर । जिल्ला प्रशासन कार्यालय ललितपुरले राष्ट्रिय परिचयपत्रका सेवामा ‘टाइम कार्ड’ लागू गरेको छ । प्रशासनले १९ पुसदेखि राष्ट्रिय परिचयपत्र वितरणमा टोकनसहित टाइमकार्ड प्रणाली लागू गरेको हो ।

प्रशासनका अनुसार हरेक दिन बिहान गेटमा टोकन वितरण हुन्छ भने बिहान १० देखि ११ बजेसम्म नागरिकता रुजु हुन्छ । त्यसपछि राष्ट्रिय परिचयपत्रको काम हुन्छ । प्रशासनका अनुसार अशक्त, अपांगता भएका र जेष्ठ नागरिकका लागि नागरिकताको रुजु र बायोमेट्रिकका लागि लाइन बस्नुपर्दैन ।

प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले कागजात र प्रक्रिया पूरा गरिसकेकालाई १० मिनेटभित्रै परिचयपत्र वितरण भइरहेको बबताए । ‘टाइम कार्ड’को व्यवस्था अन्य सेवामा पनि विस्तार गरिने उनले बताए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);