कांग्रेसको गुटगत राजनीति जिल्ला तहसम्म हाबी | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

कांग्रेसको गुटगत राजनीति जिल्ला तहसम्म हाबी

जीवन न्यौपाने,
नवलपरासी ।
नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशन मिति नजिकिँदै जाँदा केन्द्रमा देखिएको फरक गुटको असर जिल्लामा पनि देखिन थालेको छ । गुटगत रुपमा केन्द्रीय सभापति पदको उम्मेद्वारका लागि नेताहरूको नाम बाहिरिएसँगै त्यसको असर जिल्ला तहको नेतृत्वमा समेत बढ्न थालेको हो । पश्चिम नवलपरासीमा पनि आँउदो महाधिवेशनका लागि जिल्ला सभापतिको उम्मेद्वार गुटगत रुपमै सार्वजनिक हुन थालेको छ ।

कांग्रेस सभापति शेरवहादुर देउवा निकट मानिने विघटित निवर्तमान सांसद एंव १३ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्य देवेन्द्रराज कँडेल र महामन्त्री शशांक कोइराला निकट मानिने विक्रम खनालको २ गुटको भिन्दाभिन्दै भेला र छलफल हुन थालेको छ । यी गतिविधिले नवलपरासीमा कांग्रेस पार्टी भित्र समय समयमा विभिन्न विवाद र मतभेदहरु देखिंदै आएका छन् ।

आँउदो अधिवेशन नजिकिदै गर्दा खनाल पक्षका जिल्ला नेताहरुले भने छुट्टै भेला नै गरेर कांग्रेस नवलपरासीका वर्तमान उपसभापति अर्जुन कुमार पोखरेललाई जिल्ला सभापतिको उम्मेदवारको रुपमा सार्वजनिक गरिसकेका छन् । त्यसैगरी कँडेल पक्षधर जिल्ला नेताहरूले भने अन्य व्यक्तिलाई सभापतिको उम्मेद्वारमा उठाउने आन्तरिक तयारी गरिरहेको भएतापनि नाम भने अझै सार्वजनिक गरेका छैनन् ।

गुट उपगुटको संज्ञा दिंदै नेतृत्वका लागि प्रतिस्पर्धा गर्नु स्वभाविक भएको बताउदै नेपाली कांग्रेसका जिल्ला सभापति विष्णुप्रसाद पौडेलले आगामी महाधिवेशनबाट स्वच्छ प्रतिस्पर्धाका साथ सक्षम र कर्मठशील व्यक्ति नेतृत्व तहमा आउनुपर्नेमा बताएका छन् ।

वर्तमान समयमा सरकारका कारण मुलुक दिशाहिन भएको अवस्थामा नेपाली कांग्रेस केन्द्रदेखि वडा तहसम्म एक ढिक्का भई महाधिवेशनलाई सफल पारी सिङ्गो मुलुकलाई दिशानिर्देश गर्नुपर्नेमा जोड दिदै पौडेलले स्थानीय, प्रदेश र संघीय गरी तीन तहका आगामी निर्वाचनको तयारीका लागि पनि कांग्रेस एकजुट हुनुको विकल्प नरहेको बताए ।

पार्टीको मुल मर्म र भावनालाई लत्याउँदै कांग्रेसको केन्द्र तहदेखि जिल्ला तहसम्मको गुटको राजनीतिले व्यक्तिगत फाइदा र स्वार्थका लागि नेताका आसेपासे कार्यकर्ताहरु गुटगत राजनीतिमै रमाइरहेको भएतापनि स्वच्छ राजनीति गर्ने आम पार्टी कार्यकर्ताहरु भने निराश छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);