नेपाल र युरोपेली संघ संयुक्त आयोगको बैठक काठमाडौँमा सुरु | ईमाउण्टेन समाचार

Our Network

जेठ २ २०८१, बुधवार

नेपाल र युरोपेली संघ संयुक्त आयोगको बैठक काठमाडौँमा सुरु

काठमाडौं, २२ कात्तिक । नेपाल र युरोपेली संघ संयुक्त आयोगको बैठक काठमाडौँमा सुरु भएको छ । हरेक २ वर्षको अन्तरालमा हुने यो बैठक यो वर्ष काठमाडौमा भएको हो ।

बैठकमा नेपाली प्रतिनिधि मण्डलको प्रतिनिधित्व परराष्ट्रसचिव शंकरदास वैरागीले गर्नु भएको छ भने युरोपेली संघको तर्फबाट एशिया–प्रशान्त क्षेत्र हेर्ने नायब निर्देशक पाओला पम्पालोनीले प्रतिनिधिमण्डलको नेतृत्व गर्नुभएको छ ।

यो बैठकमा मुख्यगरी युरोपेली संघले नेपाललाई उपलब्ध गराउँदै आएको आर्थिक तथा विकास सहायता र संयुक्त लगानीको विषयमा छलफल हुनेछ । यसका साथै युरोपेली संघले विश्वब्यापी रुपमा वकालत गर्दै आएको पर्यावरण संरक्षण सम्बन्धि नेपालमा हँुदै आएको कार्यक्रमको मुल्यांकन पनि गरिनेछ ।

युरोपेली संघले नेपाल सरकारलाई उपलब्ध गराउँदै आएको व्यापार–वाणिज्य, ऊर्जा, विज्ञान तथा प्रविधि, कृषि, मानव संशाधन विकासका क्षेत्रमा संचालित कार्यक्रमको बारेमा पनि छलफल हुने कार्यतालिका छ ।

नेपाल र युरोपेली संघबीच सन् १९७५ मा कूटनीतिक सम्बन्ध स्थापना भएयता सङ्घले नेपालको आर्थिक एवं सामाजिक विकाशको क्षेत्रमा सहयोग गर्दै आएको छ । संघले यसका अलावा नेपालको राजनीति र बिकसित घटनाहरुमा समेत आफ्नो धारणा सार्वजनिक गर्ने गरेको छ र यो सधैं चर्चा र बिबादित बन्ने गरेको छ।

पारस्परिक लाभका विषयमा सहयोग आदान प्रदान गर्न १९८६ मा युरोपेली संघ संयुक्त आयोगको स्थापना भएको हो । यसको प्रधान कार्यालय ब्रसेल्समा रहेको छ । अर्को दुई वर्ष पछि नेपाल सरकार युरोपेली संघ संयुक्त आयोगको बैठक ब्रसेल्समा बस्ने छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);