अस्ट्रेलियामा टिकटक प्रतिबन्ध लागेको हो ? | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

अस्ट्रेलियामा टिकटक प्रतिबन्ध लागेको हो ?

काठमाडौं । अहिले सामाजिक सञ्जालमा अस्ट्रेलियामा टिकटक प्रतिबन्ध लाग्यो भन्ने खबर हरु बाहिरि रहेका छन् । नेपाली युवायुवतिहरुको बाक्लो बसोबास रहेको अस्ट्रेलियामा टिकटक प्रतिबन्ध लागेको खबर बाहिरिएसँगै तरंग पैदा भएको छ । तर, के यो कुरा साँचो हो त ?

के हो सत्यता ?

अस्ट्रेलियाले संघीय सरकारका उपकरणमा चिनियाँ स्वामित्वको उक्त ‘एप्लिकेशन’ प्रतिबन्ध लगाएको हो । देशका गुप्तचर र सुरक्षा निकायको सुझावमा संघीय सरकारका उपकरणमा टिकटकमा प्रतिबन्ध लगाइएको महान्यायाधिवक्ता मार्क ड्रेफसले बताउनुभएको छ । साथै उहाँले उक्त प्रतिबन्ध यथाशीघ्र कार्यान्वयन हुने बताउनुभएको छ । यसअघि संयुक्त राज्य अमेरिका, क्यानडा, संयुक्त अधिराज्य र न्युजिल्याण्डले उक्त एप्लिकेशनमाथि प्रतिबन्ध लगाइसकेका छन् ।

युरोपेली संसद्, युरोपेली आयोग र २७ सदस्यीय युरोपेली सङ्घका तीन प्रमुख संस्थाले पनि आफ्ना कर्मचारीका उपकरणमा टिकटक निषेध गरेका छन् । ती संस्थाले कर्मचारीलाई आफ्ना मोबाइल फोनबाट टिकटक हटाउन आग्रह गरेको छ । चिनियाँ प्राविधिक कम्पनीले टिकटकमा आबद्ध व्यक्तिका विवरण चीन सरकारलाई उपलब्ध नगर्ने जनाउँदै अमेरिकी प्रयोगकर्ताका विवरणलाई पनि चीनको पहुँच बाहिर राख्ने बताएको छ ।

अन्य सामाजिक सञ्जाल कम्पनीभन्दा धेरै प्रयोगकर्ताको विवरण सङ्कलन गरेको आरोपमा टिकटकको मातृ कम्पनी विवादमा पर्दै आएको छ । यद्यपि उसले आफ्नो व्यवस्थापन स्वतन्त्र रहेको र टिकटकका विवरण सुरक्षित रहेको दाबी गर्दै आएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);