एसियाकै पहिलो सुरुङमार्गको पुनःनिर्माण सुरु | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

एसियाकै पहिलो सुरुङमार्गको पुनःनिर्माण सुरु

मकवानपुर । बागमती प्रदेश सरकारले एसियाकै पहिलो सुरुङको रुपमा रहेको मकवानपुरको चुरियामाई मन्दिरसँगैको सुरुङमार्गको पुनर्निर्माणको शिलान्यास गरेको छ ।

बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले बिहीबार हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१५ चुरियामाई मन्दिर प्रागंणमा एक कार्यक्रमका बीच सुरुङ मार्गको पुनःनिर्माणको शिलान्यास गरेका हुन् ।

सुरुङमार्ग पुनःनिर्माणको लागि बागमती प्रदेश सरकारको ४ करोड ५७ लाख २० हजार ७ सय ७ रकमको लागत अनुमान गरिएको छ । आगामी २०७९ साल वैशाख १९ गतेसम्म १ सय ९८ मिटर लम्बाइको सुरुङमार्ग पुनःनिर्माण गर्ने तयारी गरेको छ ।

सुरुङको चौडाइ साढे २ मिटर र उचाई ३ फिट बढ्ने गरी पहिलेकै स्वरुपमा पुनःनिर्माण गरिने भएको हो ।

प्रदेश यातायात पूर्वाधार निर्देशनालय हेटौँडाले सुरुङ पुनर्निर्माणको लागि राष्ट्रिय प्रतिस्पर्धात्मक बोलपत्र इकाइ दर ठेक्का अनुसार कुल ३ करोड ३६ लाख १३ हजार ८ सय ७८ रुपैयाँमा माउन्टेन इन्फ्रा कम्पनी लिमिटेड काठमाडौंसँग सम्झौता गरेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);