कपिलवस्तुको भारतीय सीमानाकामा उच्च सुरक्षा सतर्कता | ईमाउण्टेन समाचार

Our Network

चैत ९ २०८०, शुक्रबार

कपिलवस्तुको भारतीय सीमानाकामा उच्च सुरक्षा सतर्कता

satarkata

कपिलवस्तु, २७ चैत । छिमेकी मुलुक भारतमा कोरोना संक्रमित र मृत्यु हुनेको संख्या दिनप्रति दिन बढ्न थालेपछि कपिलवस्तुको सीमानाकामा सुरक्षा गस्ती बढाइएको छ । सीमाबाट लुकी छिपी आवतजावत हुने स–साना बाटोमा समेत नेपालका सशस्त्र प्रहरी, जनपद प्रहरी र भारतको सीमा सुरक्षा बल तथा भारतीय प्रहरीले संयुक्त रुपमा गस्ती गरिरहेका छन् ।

अहिले कपिलवस्तुको भारतीय सीमानाकामा सुरक्षा गस्ती बढाइएको छ । भारतमा कोरोना भाइरसको संक्रमण बढेसंगै सीमाबाट लुकी छिपी आवतजावत समेत रोक्न सुरक्षा गस्ती बढाइएको हो । उक्त सिमानाकामा नेपालको सशस्त्र प्रहरी, जनपद प्रहरी तथा भारतको सीमा सुरक्षा बलसंगै भारतीय प्रहरीले संयुक्त रुपमा गस्ती गरिरहेका छन् ।

खुल्ला सीमाका कारण सर्वसाधारण लुकी छिपी आवतजावत गर्ने गरेकाले जोखिम बढेको हुँदा दुवै पक्षबाट उच्च सतर्कता अपनाइएको हो । नेपाली सेनासंग सहकार्य गरी कोरोना नियन्त्रणका लागि दुबै देशका सेना २४ सै घण्टा गस्ती गरिरहेको भारतीय सीमा सुरक्षा बलका सब इन्स्पेक्टरले बताउनु भयो ।

कपिलबस्तुको चकारचौडा, गौरा, पुनर््िनहवा, रंगपुर,मर्यादपुर, हरदौना, बढनी, भिल्मी, कृष्णनगर लगायतका सीमाबाट हुने आवतजावत पनि पूर्णरूपले बन्द रहेको छ । दक्षिणी खुल्ला सीमाबाट कोरोना भाईरस संक्रमण भित्रिने सम्भावना धेरै रहेको सुरक्षाकर्मीको निष्कर्ष छ ।

त्यसमा पनि स्थानीयमा जनचेतनाको अभावले गर्दा मानिसहरु लकडाउनको पालना नगरी सीमाबाट आवतजावत गर्ने भएकाले सीमा निगरानी बढाउन आवश्यक भएको स्थानीय जनप्रतिनिधिको भनाई छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);