अभिनेत्री जल शाहकी आमा साहित्यकार प्रेमा शाहको निधन | ईमाउण्टेन समाचार

Our Network

साउन १२ २०८१, शनिबार

काठमाडौं,  ६ पुष । अमेरिका रहँदै आएकी साहित्यकार प्रेमा शाहको निधन भएको छ । उनी ७५ वर्षकी थिइन् ।

साहित्कार शाहको उपचारकै क्रममा साल्ट लेक सिटीस्थित इन्टर माउन्टेन हस्पिटलमा आज निधन भएको हो ।

साहित्यकार शाह नायिका जल शाहकी आमा हुन् । विक्रम संवत् ००२ सालमा बीरगञ्जको श्रीपुरमा उनको जन्म भएको थियो । मदन मेमोरियल स्कुल पढ्दै गर्दा ०१६ मा साहित्यिक पत्रिका ‘शारदा’मा उनको ‘प्रतिक्रिया’ शीर्षकको पहिलो कथा छापिएको थियो । त्यसपछि उनले विभिन्न पत्रिकामा कथा र लेखहरु लेखिन् ।

उनका कथा संग्रहहरु पहेँलो गुलाब, विषयान्तर, प्रकाशित छन्। ‘मम्मी’ उपन्यास उनको एकल हो भने संयुक्त लेखन रहेको ‘आकाश विभाजित छ’ का लागि पनि उनले कलम चलाइन् । उनका साहित्यका यौन विद्रोह र मनोविज्ञान प्रमुख रुपमा आएको हुन्छ। नारी सञ्चेतना र विसंगत पक्षलाई पनि उनले कथामार्फत उजागर गरेकी छिन्।

उनी बाल साहित्यमा पनि उत्तिकै सक्रिय थिइन् । शाहले २०४५ सालको ‘मैनाली कथा पुरस्कार’ समेत प्राप्त गरेकी छिन्।

उनका ६ वटा वालकथा र ३ बाल उपन्यास पनि प्रकाशित छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);