संगीतकर्मी नेपाल कलाभूषण चन्द्रराज शर्माको निधन | ईमाउण्टेन समाचार

Our Network

वैशाख ४ २०८१, मंगलबार

काठमाडौं, ६ पुष । संगीतकर्मी नेपाल कलाभूषण चन्द्रराज शर्माको ७८ वर्षको उमेरमा निधन भएको छ । झण्डै ९ सय गीतमा संगीत दिएका नेपाल कलाभूषण शर्मामा बिहीबार बिहान त्रिवि शिक्षण अस्पतलामा उपचारको क्रममा निधन भएको हो । शर्मा उच्च रक्तचापका साथै मधुमेहबाट पीडित थिए।

शर्माले लक्ष्मीप्रसाद देवकोटाको खण्डकाव्यमा आधारित मुनामदन नाटक, माधवप्रसाद घिमिरेको गौरी शोककाव्य,सत्यहरिश्चन्द्र,चलचित्र कुमारी, जीवन ज्योति, भानुभक्तका साथै श्रीस्वस्थानीमा समेत संगीत दिएका छन्। गायक तथा संगीतकार टीका भण्डारीका अनुसार शर्माले आफ्नो सांगीतिक जीवनमा ३५० भन्दा बढी आधुनिक गीतमा संगीत दिए।
सुनौला घाम झुल्केन, आँखाहरुले रुन नखोजे (कुमारी), चपला अबला एक सूरमा (भानुभक्त), मेरो माल मलाई फर्काइदे बाबु (जीवनज्योति), ए मेरी मुना नभन तेसो जुनमा फुलेकी (मुनामदन), तिम्रो आकाशमा जून (मीरा राणा), तिमी आफूलाई (माणिकरत्न), मोतिका दाना (सुदेश शर्मा र संगीता राणा प्रधान) लगायत उनका चर्चित गीत हुन् ।

उनको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि बिहान ११ बजेदेखि दिउँसो साढे १ बजेसम्म पशुपति आर्यघाटमा राखिने छ ।

वरिष्ठ संगीतकार यज्ञराज शर्माका माहिला छोरा शर्माका दुई छोरा र एक श्रीमती छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);