छक्कापन्जा–३ को पहिलो नम्बर सार्वजनिक | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

छक्कापन्जा–३ को पहिलो नम्बर सार्वजनिक

xaka panja

काठमाडौं, १५ साउन । सिनेमा उद्योगमा छक्कापन्जा अहिले ब्रान्ड बनेको छ । यसको पहिलो र दोस्रो शृंखलाले धेरै रेकर्ड ब्रेक गरेपछि यसको तेस्रो शृंखला प्रतीक्षाको विषय बनेको छ । गीतसंगीत तथा चलचित्रको व्यापारका धेरै रेकर्ड स्थापित गरेका कारण चलचित्रको तेस्रो संस्करण प्रतीक्षित बनेको हो ।

यही कौतूहल मेटाउँदै सोमबार २ बजे ‘छक्कापन्जा–३’को पहिलो गीत सार्वजनिक गरिएको छ । हाइलाइट्स नेपालको युट्युब च्यानलमार्फत सार्वजनिक चलिचित्रको ‘पहिलो नम्बरमा’ बोलको गीतमा यसका सबै मुख्य कलाकार समेटिएका छन् ।

गीत राजेन्द्र थापाले लेखेका हुन् भने संगीत दीपक शर्माको रहेको छ । गीतमा डेबिड शंकर र बिन्दु परियारको स्वर छ । कविराज गहतराजको कोरियोग्राफी छ । गीतमा दीपकराज गिरी, दीपिका प्रसाई, जितु नेपाल, केदार घिमिरे, संजोग कोइराला, प्रियंका कार्की, वर्षा राउत, स्वस्तिमा खड्का, बुद्धि तामाङ फिचरिङ छन् । चलचित्रकी निर्देशक दीपा श्री निरौला पनि यो गीतमा देखिएकी छन् । दसैंलाई रिलिज डेट तोकेर सार्वजनिक गरिएको पहिलो गीतले अघिल्ला चलचित्रका गीतले झैं चर्चा पाउने विश्वास निर्माण पक्षले गरेको छ । शिशिर राणा, शिशिर वाङ्देल, लक्ष्मी गिरी, शारदा गिरी, वसन्त भट्ट लगायतको अभिनय रहेको छ ।

फिल्मका कार्यकारी निर्माताका रूपमा जितु नेपाल र केदार घिमिरे छन् । अघिल्लो सिरिजझैं यसमा पनि सुमन गिरी ‘भान्जा’ र ताराचन्द्र बजगाई ‘निशान’ निर्माता छन् । आमा सरस्वती मुभिजको प्रस्तुति रहेको फिल्मको निर्माणमा आईएमईले सहकार्य गरेको छ । फिल्ममा कथा दीपकराज गिरीको रहेको छ भने संवाद दीपकसँगै केदार घिमिरे, जितु नेपाल, यमन श्रेष्ठले लेखेका छन् । चलचित्रमा दीपकसँगै अर्जुन पोखरेलको पनि संगीत रहेको छ । रोशन श्रेष्ठको द्वन्द्व, कविराज गहतराज र प्रवीण सिंहको नृत्य निर्देशन, पुरुषोत्तम प्रधानको छायांकन, सुनयमान श्रेष्ठको मिक्सिङ, सुजिल कर्माचार्यको पाश्र्व संगीत रहेको छ ।

‘चलचित्रको पहिलो गीत ‘पहिलो नम्बर’मा हामी सबै अटाएका छौं । गीत राम्रो बनाउने कोसिस मात्र गरेका छैनौं, हाम्रा अघिल्लो फिल्मभन्दा केही फरक गर्ने कोसिस पनि छ’, निर्माता तथा अभिनेता दीपकराज गिरीले भने, ‘यो डान्सिङ नम्बर हो । यसैले पनि यो गीतलाई लिएर निकै उत्साहित छौं । गीत चलचित्रमा कथाअनुसार नै आउने हो ।’

निर्देशक दीपाश्रीले भनिन्, ‘चलचित्रको पहिलो गीत खास हुनुपर्छ । त्यसैले यसलाई त्यहीअनुरूप सार्वजनिक गरेका छौं । गीतमा हामी सबै छौं र यसलाई नचाउने गीतका रूपमा तयार गरेका छौं । हामीले चलचित्र बडा दसैंमा दर्शकसमक्ष ल्याउँदै छौं । अघिल्ला चलचित्रको अनुभवले यसमा आफूलाई अझै परिस्कृत गर्ने प्रयास गरेका छौं ।’अन्नपुर्णपोष्टबाट

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);