अश्लेषाजी, फिल्म नगरेको कि नपाएको ? | ईमाउण्टेन समाचार

Our Network

वैशाख ४ २०८१, मंगलबार

अश्लेषाजी, फिल्म नगरेको कि नपाएको ?

aaslesha thakuri

काठमाडौं, १४ साउन । गएको वर्ष प्रदर्शनमा आएको फिल्म प्रेमगीत २ बाट भित्रिएकी अभिनेत्री हुन् अश्लेषा ठकुरी । अभिनेता प्रदीप खड्कासँग जोडी बाँधेपछि अभिनेत्रीको करिअर चम्किन्छ भनिन्छ । तर, अभिनेत्री ठकुरीको हकमा भने यो लागू भएन ।

फिल्म बक्सअफिसमा हिट भएपनि उनी प्रदीपको स्टारडमको छाँयामा परिन् । छाँयामा पर्नुको कारण उनको अभिनय नै प्रमुख थियो । यो फिल्मपछि अश्लेषाको हातमा कुनै नयाँ फिल्म नभएको चर्चा सिनेवृतमा छ ।

प्रेमगीत २ रिलिजको एक वर्ष पुगिसक्दा पनि बाहिरी ब्यानरसँग जोडिन नसक्दा फेरि उनलाई आसुसेन फिल्मसका सन्तोष सेनले नयाँ फिल्म मेरी मामुु मा दोहोर्‍याए । पुनः डेब्यु फिल्मको ब्यानरसँगै जोडिनुले पनि उनको हातमा फिल्म नभएको कुरालाई थप मलजल गर्छ ।
शुक्रवार फिल्म मेरी मामुु को टाइटल गीत सार्वजनिक कार्यक्रममा उपस्थित अभिनेत्री अश्लेषा ठकुरीमाथि पत्रकारले फिल्म नपाएको कि नगरेको भन्दै प्रश्न गरे । उनले आफू चुप बस्नुको पछाडि फिल्मबाट अफरै नआएको भन्ने कुरा गलत रहेको बताइन् ।

उनी भन्छिन्,मैले मेरो क्यारेक्टर निभाउन सक्ने फिल्म मात्र गर्छु । फिल्म अफर आयो भन्दैमा वर्षमा ६/७ वटा गरेर त्यसको उपलब्धी केहि छैन । म पनि मेरो करिअरप्रति प्यासिनेटु छु । मैले कुरेँ । स्क्रिप्टहरु पनि आए । तर, मलाई सुहाउने कुनै पनि थिएनन् ।

आसुसेन फिल्मसबाट मेरी मामुु को अफर आएपछि मैले नाईँ भन्नै सकिनँ किनकी, मलाई स्क्रिप्ट उत्कृष्ट लाग्यो । भोली पनि यो ब्यानरसँग आबद्ध हुनसक्छु यदी मलाई मन पर्‍यो भने । फेरि त्यो आसुसेनकै हुनुपर्छ भन्ने पनि छैन, उनले भनिन् ।

अश्लेषाले आफ्नो क्यारेक्टरलाई न्याय दिन सक्ने हुनाले मात्र मेरी मामुु गरेको बताउँछिन् । उनले थपिन्, अरु फिल्म नै पाइनँ भनेर मैले आसुसेनको यो फिल्म गरेको चाहिं होइन ।
भाद्र १५ गतेबाट रिलिज हुने यो फिल्ममा उनको जोडी अभिनेता सारुक ताम्राकारसँग बाँधिएको छ । यसका निर्देशक यम थापा हुन् । उनी यो फिल्मले आफ्नो करिअरको खुड्किलोमा एउटा सफलताको ईट्टा थप्नेमा विश्वस्त छिन् । आशा गरौं,मेरी मामुु ले उनको हिट अभिनेत्री बन्ने सपना पूरा गर्नेछ । फिल्मीखवरबाट

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);