प्रदेश नं ६ मा राष्ट्रिय सभा निर्वाचनको तयारी पुरा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

प्रदेश नं ६ मा राष्ट्रिय सभा निर्वाचनको तयारी पुरा

सुर्खेत, २३ माघ । प्रदेश नं ६ मा भोली हुने राष्ट्रिय सभा सदस्य निर्वाचनको तयारी पुरा भएको छ । राष्ट्रिय सभाको निर्वाचनकालागि जिल्ला निर्वाचन कार्यालयमा दुई वटा मतदान केन्द्र राखिएको छ ।

एउटा मतदान केन्द्रमा चार वटा बुथ राखिएको छ । निर्वाचन बुधबार विहान १० वजे देखि दिउँसो ३ वजेसम्म जारी रहने छ । दुई वटा मतदान केन्द्रमा प्रति केन्द्र ९ जनाका दरले कर्मचारी खटाइएको छ । सुरक्षाकालागि शसस्त्र प्रहरी र नेपाल प्रहरी खटाइएको मुख्य निर्वाचन अधिकृत मेदनी प्रसाद पौडेलले जाकारी दिए ।

६ नं प्रदेशबाट राष्ट्रिय सभामा ८ जना प्रतिनिधि चयन हुने छन् । जसका लागि १२ जना चुनावी मैदानमा उत्रिएका छन् । मतदानका लागि अधिकांश मतदाता सुर्खेत आइसकेको मुख्य निर्वाचन अधिकृतको कार्यालय सुर्खेतले जनाएको छ ।

हिमाली जिल्ला हुम्लामा हिमपात भएका कारण एक जना मतदाता आउन बाँकी रहेको बताइएको छ । यो प्रदेशमा राष्ट्रिय सभा सदस्य निर्वाचनमा ४० जना प्रदेश सांसद र १ सय ५८ जना स्थानीय तहका प्रमुख उपप्रमुख गरि कूल १९८ जना मतदाता रहेका छन् ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);