राजपा र फोरमबीचको वार्ता निष्कर्ष बिहिन | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

राजपा र फोरमबीचको वार्ता निष्कर्ष बिहिन

जनकपुर, २३ माघ । प्रदेश नं. २ मा सरकार निर्माण गर्ने विषयमा राजपा नेपाल र संघीय समाजवादी फोरमबीच आज भएको वार्ता निष्कर्षमा पुग्न सकेन ।

जनकपुरको सीता शरण होटलमा सरकार निर्माणको विषय राजपा नेपाल र संघीय समाजवादी फोरमका नेताबीच वार्ता भएको थियो । प्रदेश नं. २ मा संघीय समाजवादी फोरम सबै भन्दा ठूलो दल हो भने राजपा नेपाल दोश्रो ठूलो दल हो ।

प्रदेशमा सबै भन्दा ठुलो दल भएकाले संघीय समाजवादी फोरम नेपालले सरकारको नेतृत्व पाउनुपर्ने अडान लिँदै आएको छ । राजपाले पनि सरकारको नेतृत्व आफुले पाउनुपर्ने दाबी गर्दै आएको छ ।

दुवै पार्टीबीच सरकार निर्माणको विषयलाई लिएर आजबाट औपचारिक वार्ता सुरु भएको हो । बैठकमा सहभागि राजपा नेपालका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले सरकार निर्माणका विषयमा वार्ता जारी रहेकाले आगामी बैठकले निष्कर्ष दिने बताए ।

आजको वार्तामा संघीय समाजवादी फोरमको तर्फबाट अध्यक्ष उपेन्द्र यादव,संसदीय दलका नेता लालबाबु राउत,प्रदेश अध्यक्ष रेणु यादवको सहभागिता रहेको थियो ।

यस्तै राजपा नेपालका तर्फ महन्थ ठाकुर,राजेन्द्र महतो, शरतसिं भण्डारी, महेन्द्र यादव, अनिल झा र राजकिशोर यादव सहभगी थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);