नयाँ वर्ष मनाउन देशभरका पर्यटकीयस्थलमा भीड | ईमाउण्टेन समाचार

Our Network

चैत १२ २०८०, सोमबार

नयाँ वर्ष मनाउन देशभरका पर्यटकीयस्थलमा भीड

काठमाडौं,पुस १७ । इस्वी सम्वत्को नयाँ वर्ष सन् २०१८ सुरु, नयाँ वर्ष मनाउन देशभरका पर्यटकीयस्थलमा स्वदेशी तथा विदेशी पर्यटकको भीड ।

गे्रगोरियन पात्रोअनुसार आज नयाँ वर्ष सन् २०१८ शुरु भएको छ ।

अंग्रेजी नयाँ वर्षका अवसरमा आपसमा भेला भएर रमाइलो गर्ने चलन छ । नयाँ वर्ष मनाउन खासगरी पर्यटकीय क्षेत्र पोखरा, सौराहा, नगरकोट लगायत स्थानमा स्वदेशी तथा विदेशी पर्यटकको भीड बढेको छ ।
पोखरामा नयाँ वर्षलाई लक्षित गरेर सडक महोत्सव गरिएको छ । इस्वी सन् २०१८ को पूर्वसन्ध्यामा आइतबार बेलुका शहरी क्षेत्रहरुमा न्यू इयर इभ मनाइएको छ । विदेशी पर्यटकको भीडभाड हुने काठमाडौंको ठमेल, पोखरालगायत स्थानमा स्वदेशी तथा विदेशी पर्यटकले न्यु एयर इभ मनाएका हुन् ।
जिजस क्राइस्टलाई फाँसी दिएपछि इस्वी सनको शुरुवात भएको हो । सनमा सौरमासको गणना हुने तर चान्द्रमासको गणना नहुने भएकाले ज्योतिषशास्त्रीहरुले यो वैज्ञानिक नभएको बताउने गरेका छन् । यद्यपि, विश्वव्यापीरुपमा इस्वी सनको प्रयोग हुँदै आएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);