सरकारले स्थानीय तहमा पनि वैदेशिक सहायता परिचालन गर्न सक्ने | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

काठमाडौं, पुष १६ । सरकारले स्थानीय तहमा पनि वैदेशिक सहायता परिचालन गर्न सकिने व्यवस्था गरेको छ ।

अर्थ मन्त्रालयले आईतबार सार्वजनिक गरेको विकास सहायता प्रतिवेदनमा स्थानीय तहमा पनि वैदेशिक सहायता परिचालन गर्न सकिने उल्लेख गरिएको छ । प्रतिवेदन सार्वजनिक गर्दै अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले संघ, प्रदेश र स्थानीय तहमा वैदेशिक सहायता परिचालन गर्न सक्ने व्यवस्था संविधानले निर्देश गरे अनुसार नै गरिएको स्पष्ट पारेका छन । उनले नेपालमा विकास सहायता बढदै गएको पनि जानकारी पनि दिए । प्रतिवेदनमा आर्थिक वर्ष २०७३÷०७४ मा विश्व बैंक र अमेरिकाले नेपालमा सबैभन्दा बढि विकास सहायता उपलब्ध गराएको पनि उल्लेख गरिएको छ ।

आर्थिक वर्ष २०७३÷०७४ मा नेपालमा १ अरव ३९ करोड ४६ लाख अमेरिकी डलर परिचालन गरिएको पनि प्रतिवेदनमा उल्लेख गरिएको छ । नेपाल सरकारले विकास सहायता राष्ट्रिय प्रणालीमार्फत् परिचालन गर्न पनि दाता राष्ट्रहरुसँग आग्रह गर्दै आएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);