नेपालमा वैदेशिक सहायताको प्रतिशत बढ्यो | ईमाउण्टेन समाचार

Our Network

वैशाख २८ २०८१, शुक्रबार

काठमाडौं, १७ पुस। नेपालमा वैदेशिक सहायता ३० प्रतिशतले बढ्यो, गत आर्थिक वर्ष एक खर्ब ४३ अर्बभन्दा बढी सहयोग प्राप्त, प्राविधिक सहायताका नाममा २७ अर्ब खर्च । मुलुक संघीयतामा गएसँगै वैदेशिक सहायता परिचालन चुनौतीपूर्ण भएको अर्थ मन्त्रालयको भनाइ । नेपालमा वैदेशिक सहायता ३० प्रतिशतले बढेको छ ।

अर्थ मन्त्रालयले आइतबार सार्वजनिक गरेको वैदेशिक सहायता परिचालन सम्बन्धी प्रतिवेदनले सहायता रकम ३० प्रतिशतले बढेको देखाएको हो । विकास सहायता प्रतिवेदनअनुसार गत आर्थिक वर्ष एक अर्ब ३९ करोड ४६ लाख अमेरिकी डलर अर्थात १ खर्ब ४३ अर्ब ६४ करोड रुपैयाँ बराबरको विकास सहायता परिचालन भएको छ ।

सहायतामध्ये ५८ करोड २३ लाख ३९ हजार डलर अर्थात् ४१ दशमलव सात छ अनुदान, ५४ करोड ८८ लाख ५० हजार अर्थात् ३९ दशमलव तीन छ प्रतिशत ऋण र २६ करोड ३३ लाख ३६ हजार अमेरिकी डलर अर्थात् १८ दशमलव आठ आठ प्रतिशत प्राविधिक सहायता भएको प्रतिवेदनमा उल्लेख छ । नेपाललाई आर्थिक सहायता गर्ने विकास साझेदारमा बहुपक्षीयतर्फ विश्व बैंक र द्विपक्षीयतर्फ संयुक्त राज्य अमेरिका सबैभन्दा अगाडि छन् ।

विश्व बैंकले ३४ करोड ५९ लाख ७० हजार तथा अमेरिकाले १३ करोड ४० लाख ६० हजार डलर सहयोग गरेका छन् । विकास सहायता राष्ट्रिय प्रणालीमार्फत खर्च हुने क्रम बढेको छ । गत आर्थिक वर्ष ७३ प्रतिशत सहायता राष्ट्रिय प्रणालीमार्फत खर्च भएको छ । अघिल्लो आर्थिक वर्ष ६३ प्रतिशत सहायता मात्र राष्ट्रिय प्रणालीमार्फत खर्च भएको थियो । अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले अर्थ मन्त्रालयको निरन्तरको प्रयासका कारण सहायता राष्ट्रिय प्रणालीमार्फत खर्च हुने क्रम बढेको बताउनुभयो ।

गत आर्थिक वर्ष अन्र्तराष्ट्रिय गैरसरकारी संस्थाहरुले १८ करोड ७० लाख अमेरिकी डलर सहायता परिचालन गरेका छन् । अर्थ मन्त्रालयले मुलुक संघीयतामा गएसँगै वैदेशिक सहायता परिचालन चुनौतीपूर्ण भएको बताएको छ । मन्त्रालयले आफ्नो प्रतिवेदनमा सहयोगको मोडालिटी, आयोजनाको माग र परियोजना ढाँचामा चुनौती आइपर्ने उल्लेख गरेको छ । संघीय सरकारको खर्च व्यवस्थापनमा ठूलो दबाब खेप्नुपर्ने भएकाले संस्थागत विकास तथा नयाँ परियोजना छनोटमा चुनौती हुने प्रतिवेदनमा उल्लेख गरिएको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);