यार्सागुम्बा लिन गएका चार जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३ २०८१, सोमबार

यार्सागुम्बा लिन गएका चार जनाको मृत्यु

yarsa

बासुुदेव बडु

दार्चुला, २० साउन । दार्चुलामा यस वर्ष पनि यार्सागुम्बा संकलन गर्न गएका चार जना स्थानीयको भिरबाट लडेर मृत्यु भएको छ । यार्सागुम्बा सकंलन गर्न जांदा हरेक वर्ष यस्तो दुर्घटना हुने गरेको छ । यार्सा संकलन गरी विक्री गरेर बर्षभरि जिविकोपार्जन गर्नु पर्ने बाध्यता स्थानीयको छ । तर यार्सागुम्बा संकलन सजिलो भने छैन । ज्यान जोखिममा राखेर संकलन गरिए पनि उचित मूल्य नपाउँदा भने यार्सागुम्बा संकलकहरु निराश भएका छन् ।

यार्सागुम्बा सकंलन र विक्री गरी जिविकोपार्जन गर्दै आईरहेका दार्चुलाका बासिन्दाहरु यस बर्ष यार्सागुम्बाको उचित मूल्य नपाउँदा निराश भएका छन् । दार्चुलामा पनि साविकको घुसा, खण्डेश्वरी, लटिनाथ, सितोला, इयरकोट, खार, व्यास, सूस्नेरा, हुति गाविसका स्थानीयहरुका लागि यार्सागुम्बा सकंलन तथा विक्री बलियो पेशाको रुपमा रहेको छ । बर्षको यो समयमा यार्सागुम्बाको विक्री गरी बर्षभरीलाई खर्च चलाउने गर्दछन् । आफ्नो ज्यानको वाजी थापी संकलन गरिएका यार्सागुम्वाले सही मूल्यमा विक्री नहँुदा स्थानीय यार्सा संकलकहरु निराश भएका हुन् । विगतका वर्षहरुमा यार्सागुम्बाबाट राम्रो आम्दानी हँुदा यहाँका स्थानीयहरुको जिवनस्तरमा सुधार आएको तर यस वर्ष यार्सागुम्बा विक्री नहँुदा स्थानीयहरु शिक्षा, स्वास्थ्य लगायतका खर्च जुटाउन धौ धौ पर्ने स्थानीयहरुको भनाई छ ।

विगतका वर्षहरुमा दार्चुलाका पाटनहरुबाट संकलन गरिएको यार्सागुम्बाको मुल्यप्रति के.जी. १५ लाखदेखि २० लाख रुपैयाँसम्म हुने गरेको थियो । तर यस वर्ष प्रति के.जी. तीन लाख देखिपाँच लाखसम्म मात्र रहेको अपी नाम्पा संरक्षण क्षेत्र कार्यालय दार्चुलाले जनाएको छ । गत बर्षको तुलनामा यो बर्ष यार्सागुम्बा धेरै विक्री पनि नभएको र दर रेट पनि शून्यमा झरेको तथा बाहिरबाट आउने व्यापारी समेत नआएकाले विक्री निकै न्यून रहेको अपी नाम्पा संरक्षण क्षेत्र कार्यालय दार्चुलाका सुचना अधिकारी राजु घिमिरेले जानकारी दिनुभयो ।

यस वर्ष यार्सागुम्वा संकलन गर्न गएका चार जना स्थानीय यार्सा संकलकहरुको भिरबाट लडेर मृत्यु भएको छ जस मध्ये दूई जना मृतकका आफन्तहरुले विमा दावीका लागि प्रक्रियामा रहेको र दुई जना मृतकका आफन्तकहरु सम्पर्कमा नरहेको तथा दुई जना घाईतेका आफन्तहरु घाईते उपचार विमा भुक्तानीका लागि सम्पर्कमा रहेका छन् । आर्थिक वर्ष २०७५÷०७६ मा यार्सागुम्वा संकलन पुर्जी वापत् २० लाख ७४ हजार पाँच सय रुपैँया राजस्व संकलन भएको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);