यार्सागुम्बा संकलन गर्न जानेको लर्काे | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

यार्सागुम्बा संकलन गर्न जानेको लर्काे

यार्सागुम्बा संकलन गर्न जानेको लर्काे

बासुदेव बडु

दार्चुला, १८ जेठ । यतिबेला कर्णाली प्रदेशका हिमाली जिल्लाहरुमा बहुमूल्य जडिबुटी यार्सागुम्बा संकलन गर्न जानेको लर्काे देख्न सकिन्छ । अपी नाम्पा संरक्षण कार्यालय दार्चुलाले संकलनका लागि अनुमति पत्र जारी गरेसंगै स्थानीय तथा वरिपरिका संकलकहरु यार्सागुम्बा संकलनमा जान थालेका छन् । संकलकहरु समुह समुहमा यार्सा सकंलनका लागि लेक पाटन तिर जान थालेका हुन् ।

दार्चुला तथा वरिपरिका जिल्लावासीहरुको बलियो आयस्रोतका रुपमा रहेको यार्सागुम्बा सकंलनका लागि लेकपाटनतिर जानेहरुको यतिबेला घँईचो लागेको छ । अपी नाम्पा संरक्षण कार्यालय दार्चुलाले सकंलनका लागि अनुमनि पत्र जारी गरे सगैँ संकलकहरु यार्सागुम्बा संकलनका लागि जान थालेका हुन् ।

प्रति व्यक्ति पाँच सयदेखि दुई हजारसम्म अनुमति पत्रको दस्तुर

यार्सा सकंलनका लागि संकलकहरु समुहसमुहमा जाने गर्दछन् । जेठको दोस्रो साता देखि असार पहिलो सातासम्म यार्सागुम्वा संकलनका लागि बनहरु खुल्ला गरिने तथा प्रति व्यक्ति पाँच सयदेखि दुई हजारसम्म अनुमति पत्रको दस्तुर तय गरिएको छ ।

१५ देखि २० लाखसम्म आम्दनी

एक जनाले एक दिनमा चारसयदेखि एक सय गोटासम्म यार्सागुम्बा पाउने र प्रति गोटाको पाँच सयका दरले बनमै विक्री गर्न सक्दछन् । एक सिजनमा एक व्यक्तिले पाँच लाखदेखि सात लाखसम्म र प्रतिपरिवार यार्सा संकलक संख्याका आधारमा १५ देखि २० लाखसम्म आम्दनी हुने गरेको यार्सा सकंलक अमर वोहराको भनाई छ ।

साविकको खण्डेश्वरी, सितोला, राप्ला र व्यास गा.वि.स. का उच्च हिमाली भेगका पाटनहरुमा यार्सागुम्बा पाईने गर्दछ । यार्सागुम्बा एक बहुमूल्य जडिबुटी हो । जसलाई जीव र विरुवा दुबैको रुपमा लिइन्छ ।

नेपाल प्रहरी र सशस्त्र प्रहरीकाे सुरक्षा

यस वर्षदेखि यार्सागुम्बा संकलकको सुरक्षाका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई पाटनहरुमा खटाईएको छ । यार्सागुम्बा संंकलकका लागि अनुमति लिएर बैधानिक हिसाबले बन क्षेत्रमा प्रवेश गरेकाहरुका लागि यसै बर्षदेखि नेपाल सरकारले प्रति व्यक्ति २० लाखको बिमा गरेको छ । बिमाको व्यवस्थाले गर्दा संकलकहरु उत्साहित भएर अनुपति पत्र लिएर सकंलनका लागि गएको अपी नाम्पा संरक्षण कार्यालय दार्चुलाका सुचना अधिकारीले जानकारी दिनुभयो ।

गत वर्ष मात्रै पाँच सय ५४ किलो ग्राम यार्सागुम्बा दार्चुलाबाट निकासी भएको थियो भने १ करोड ६६ लाख २० हजार राजस्व संकलन भएको थियो । यस वर्ष पाँचदेखि छ हजारको संख्यामा संकलकहरु पाटन जाने अनुमान गरिएको अपी नाम्पा संरक्षण कार्यालयले जनाएको छ ।

यार्सागुम्बाको संकलन तथा बिक्रीले राम्रो आम्दानी गर्न सकिने भएपनि संकलन कार्य जोखिमपूर्ण देखिएको छ । यार्सा संकलनका लागि जानेहरुको मृत्यु भएको खबर बर्षेनी आईरहेको छ । यस्तोमा यार्सा संकलकहरुका लागि सुरक्षा व्यवस्था र विमा गरिनुलाई सराहनीय मान्न सकिन्छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);