पूर्वी चितवनको शक्ति खोला र कयर खोलामा तटबन्धनको काम तीव्र | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

पूर्वी चितवनको शक्ति खोला र कयर खोलामा तटबन्धनको काम तीव्र

चितवन, १८ जेठ । पर्यटन विकासका लागि पूर्वी चितवनको शक्ति खोला र कयर खोलामा तटबन्धनको काम तीव्र पारिएको छ । पर्यटन विकास र पूर्वी चितवनबासीलाई बाढीको जोखिमबाट जोगाउन नेपाल सरकारले कयर खोलामा तटबन्धनको काम सुरु गरेको हो ।

नारायणी नदी व्यवस्थापन आयोजनाको सक्रियतामा र कालिका नगरपालिकाको सहकार्यमा शक्तिखोर बजारदेखि सौराहासम्म उच्चस्तरीय तटबन्धन कार्य तीव्र पारिएको कालिका नगरपालिकाका प्रमुख खुमनारायण श्रेष्ठले जानकारी दिनुभयो ।

सरकारले बुहुबर्षीय योजना अन्तर्गत पाँच बर्ष भित्र झण्डै ५० अर्बको लगानीमा कयर खोलामा तटबन्ध निर्माण गरिने मेयर श्रेष्ठले बताउनु भयो । शक्तिखोर बजारदेखि सौराहासम्म कयर खोलाको दुबैतर्फ ५६ किलोमिटर तटबन्धन गरिने छ । तटबन्धनको काम गत माघ महिनाबाट सूरु भएको हो । खोलाको दुवैतर्फ ड्याक, तारजालीसहितको पक्की बाटो निर्माण भईरहेको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);