भक्तपुरमा प्रहरी परिचाल गर्दै हनुमन्ते खोला फर्काउने काम जारी | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

भक्तपुरमा प्रहरी परिचाल गर्दै हनुमन्ते खोला फर्काउने काम जारी

सुबास चौलागाई भक्तपुर, २० पुष । लामो समय देखि विवादमा रहँदै आएको भक्तपुरको हनुमन्ते खोला फर्काउने चलखेल जिल्लामा नयाँ प्रमुख आए सँगै सुरु भएको छ । खोलामा परेको जमिन सस्तोमा किनबेच गर्ने गिरोहले लामो समय देखि पटक पटक खोला फर्काउने कोसिस गर्दै आएको भएपनि सर्वोच्च अदालतले खोला फर्काउन रोक लगाएको भएपनि देशमा भएको राजनीतिक संकटको अबस्था र कोरोना संक्रमणको बिषम परिस्थितिको मौका छोप्दै प्रहरी नै राखेर खोला फर्काइउने काम जारि छ ।

वर्षौंदेखिको विवाद रहदै आएको हनुमन्ते खोला पर्काउने काम प्रहरी परिचालन नै गरि काम हुदै छ । सर्वोच्च अदालतले खोलाको प्राकृतिक धार परिवर्तन नगर्न २०७६ फागुन ६ गते जारी गरेको आदेशको उल्लंघन गर्दै भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेम भट्टराईको निर्देशनमा प्रहरी परिचालन गरेर हनुमन्ते खोला फर्काउने काम भैरहेको छ ।

सूर्यविनायक नगरपालिका–३ र मध्यपुर थिमि नगरपालिका–३ को सीमा सुन्दरनगरस्थित करीब ९ वर्षदेखि हनुमन्ते खोलाको धार परिवर्तन तथा सिमाङ्कनको विषयलाई लिएर विवाद हुँदै आएको छ । पटक–पटक झडप समेत भएको सो विवादित क्षेत्रमा करिडोर निर्माण, खोलाको धार परिवर्तन तथा सिमाङ्कन गर्ने विषयको विवाद समाधान गर्न जनप्रतिनिधिले नेतृत्व लिईसकेपछि दुई स्थानीय तहको समन्वयमा खोलाको दायाँबायाँको जग्गा व्यवस्थापन एवं एकीकरण गर्ने भन्ने छलफल भएपनि ठोस निर्णय आईसकेको छैन ।

जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृतको संयोजकत्वमा दुई नगरपालिकाका २,२ जना प्राविधिक अधिकृत र नापी कार्यालय भक्तपुरका २ प्राविधिक सहितको टोलीले तयार पारेको प्रतिवेदन अनुसार ल्याण्ड पुलिङ्ग गर्न सके विवाद टुङ्गिने उल्लेख छ । तर, ल्याण्ड पुलिङ्गको योजनालाई र सर्वोच्चको आदेशलाई बेवास्ता गर्दै एक पक्षीय निणर्य गरेर प्रमुख जिल्ला अधिकारी भट्टराईले खोलामा डोजर चलाउन निर्देशन दिएको स्थानीयको गुनासो छ ।

हनुमन्ते खोला आसपासका जग्गाधनीहरुको निजी जग्गा, सार्वजनिक जग्गा सम्बन्धमा वषौं देखिको विवाद समाधानका लागि टोलीले जग्गाको अध्ययन गरी चार वर्षअघि प्रतिवेदन तयार पारेको थियो । प्रतिवेदनमा साविक बगीरहेको खोला हाल अन्यत्र निजी जग्गाबाट बग्दा खोलाले छोडेको हाल १७ रोपनी १० आना, साविकबाट दक्षिणतर्फ बगीरहेको ठाउँमा साविक बालकोट ९ र ३ का जग्गाधनीहरुको निजी जग्गाको ३० कित्ता भित्रबाट परेको जम्मा निजी जग्गाको क्षेत्रफल १० रोपनी १ आना २ पैसा र सार्वजनिक जग्गाको क्षेत्रफल ८ रोपनी ३ पैसा ३ दाम समेत गरी हाल खोलाले ओगटेको जग्गाको क्षेत्रफल १८ रोपनी ४ आना २ पैसा ३ दाम रहेको छ । खोलाले छोडेको जग्गा क्षेत्रफल १७ रोपनी १० आना छ ।

यसअघि विवादित खोलाको वकालत गर्दै आएका दुबै स्थानीय तहका जनप्रतिनिधि, स्थानीय बासिन्दा समेत खोलामा डोजर चलाएको विषयमा मौन छन् । हनुमन्ते खोला सरोकार समितिले भने प्रहरी परिचालन गरी खोला फर्काएको भन्दै मध्यपुर थिमि नगरपालिकामा ध्यानाकर्षण पत्र बुझाएको छ । प्रमुख जिल्ला अधिकारी भट्टराईले भने आफूलाई विवादित क्षेत्र भन्ने थाहा नभएको र विकास निर्माणको कार्यमा अवरोध हुन्छ भन्ने लागेर प्रहरी परिचालन गरेको प्रतिक्रिया दिनुभयो ।

कोरोना भाइरस कोभिड–१९ संक्रमणका कारण रोकिएको हनुमन्ते करिडोर निर्माणको काम केहिदिन पहिला देखि सुरु भएको छ । करिडोर निर्माणको जिम्मा अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिलाई छ । समितिले सल्लाघारीदेखि बालकुमारी पुलसम्म तीन चरणमा ठेक्का सम्झौता गरेर करिडोर निर्माण गरिरहेको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);