काठमाडौंका नदी खोलामा पानीको सतह बढ्यो (फोटो फिचर) | ईमाउण्टेन समाचार

Our Network

साउन १२ २०८१, शनिबार

काठमाडौंका नदी खोलामा पानीको सतह बढ्यो (फोटो फिचर)

काठमाडौं । मनसुनी वायुको प्रभावले सनिबार संघीय राजधानी काठमाडौं लगायत मुलुकका अधिकांश स्थानहरुमा वर्षा भएको छ । शुक्रबार सांझ देखि नै काठमाडौं लगायत मुलुकका कतिपय स्थानमा भारी बर्षा भएको छ भने केही स्थानमा हल्का वर्षा भएको थियो ।

वर्षासंगै भक्तपुरको हनुमन्ते खोलामा पनि पानीको सतह बढेको छ । त्यसैगरी मनोहरा र हनुमन्ते मिसिएर बग्ने खोलामा पनि पानीको सतह बढेपछि नजिकका बस्ती जोखिममा परेका छन् । विशेष गरेर खोला किनारमा बसोबास गरेका सुकुम्बासी बस्तीभित्र पानी पस्ने खतरा बढेको हो ।

त्यसैगरी, काठमाडौंको बागमती, विष्णुमति नदीको पानीको सतह बढेको छ । धोवी खोला, बल्खु खोलाको पानीको सतह निकै बढेको छ । काठमाडौंका विभिन्न नदी र खोलाहरुको पानी बाहिरीने नाका चोभार गल्छीमा पनि पानीको बहाव निकै बढेको छ ।

काठमाडौं, ललितपुर र भक्तपुरका नदी तथा खोलामा पानीको सतह बढेसंगै किनारका सुकुम्बासी बस्ती जोखिममा परेका छन् ।

जल तथा मौसम पूर्वानुमान महाशाखाले मुलुकका अधिकांश भुभागमा बर्षा हुने र केही स्थानमा भने भारी बर्षा हुनसक्ने भन्दै सचेत हुन आव्हान पनि गरेको छ ।

विभागले शनिबार प्रदेश १ र २ का जिल्ला भएर बग्ने ससाना नदी तथा जलाधारमा पानीको बहावमा बढ्न सक्ने भन्दै सर्तकता अपनाउन आव्हान समेत गरेको छ ।

यसैबीच मध्यान्हपछि भने काठमाडौंमा बर्षा हुने क्रम रोकिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);