अध्यक्ष दाहाल पत्नी सीता दाहालको थप उपचारका लागि आज भारत जाँदै | ईमाउण्टेन समाचार

Our Network

साउन ३१ २०८३, सोमबार

अध्यक्ष दाहाल पत्नी सीता दाहालको थप उपचारका लागि आज भारत जाँदै

काठमाडौं, २० पुष । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल पत्नी सीता दाहालको थप उपचारका लागि आज भारत जाँदै हुनुहुन्छ । सीताको भारतको मुम्बई स्थित एक अस्पतालमा उपचार हुने बताइएको छ ।

सीताको साथमा अध्यक्ष दाहाल सहित छोरी गंगा दाहाल पनि जाने बताइएको छ । सीता पार्किन्सन जस्तो देखिने एक जटिल प्रकारको रोगले पीडित हुनुहन्छ ।

पछिल्लो समय ललितपुरको भैसेपाटीस्थित मेडिसिटी अस्पतालमा उपचार गरी घरमै आराम गरिरहनु भएकी दाहाललाई आज मुम्बई लगेर न्युरो सम्बन्धी चिकित्सकबाट स्टिम थेरापी गराइने बताइएको छ ।

सीता यसअघि पनि उपचारका लागि अमेरिका, सिंगापुर र भारत जानु भएको थियो।

Leave a Reply