दार्चुलाका स्थानीयबासी यर्सागुम्बा टिप्न लेकतिर | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

दार्चुलाका स्थानीयबासी यर्सागुम्बा टिप्न लेकतिर

Yarsa

दार्चुला, २९ वैशाख । दार्चुलाका उत्तरी क्षेत्रका स्थानीयबासी यर्सागुम्बा टिप्न लेकतिर लागेका छन् । अपी नाम्पा संरक्षण क्षेत्रले यार्सा टिप्न लेक प्रवेशका लागि जेठको दोस्रो सातापछि प्रवेश दिने समय तोके पनि यार्सा संकलकहरु वैशाखको दोस्रो साता नै लेकतिर लागेका हुन् ।

यस वर्ष छिटै वर्षा भएको हुनाले यार्सा गुम्बा छिटो पाइने यार्सा संकलकको विश्वास छ । त्यसैले यार्सागुम्बा संकलकहरु अपी नाम्पा संरक्षण क्षेत्रको अनुमती विनै हतारिएर यार्सा संकलनका लागि लुकि छिपी लेकतिर गइरहेका छन् । आफूहरुको रोजीरोटी नै यार्सा भएकाले संकलनका लागि निस्किएको उनीहरु बताउँछन् ।

अपी नाम्पा संरक्षण क्षेत्र कार्यालय दार्चुलाले भने प्रवेश अनुमति नलिइ यार्सा संकलनका लागि लेक तिर गएका यार्सा संकलक हरुलाई कार्बाही गर्ने बताएको छ । यार्सागुम्बा संकलनबाट १ सिजनमा प्रति व्यक्तीले १ लाख रुपैयाँदेखी १ लाख ५० हजार रुपैयाँसम्म आम्दानी गर्ने गर्दछन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);